Home / Blogs / नेपाली बजारमा सुजुकी बर्गम्यान स्ट्रिट स्कुटर बीएस ६ सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Scooters
  • 0

नेपाली बजारमा सुजुकी बर्गम्यान स्ट्रिट स्कुटर बीएस ६ सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

सुजुकीको म्याक्सी स्कुटर बर्गम्यान स्ट्रिट अब बीएस ६ भर्सनमा सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लिले बर्गम्यान स्ट्रिट स्कुटर बीएस ६ मापदण्डयुक्त इन्जिनमा नेपाली बजारमा भित्राएको हो । हालै बीएस ६ मापदण्डयुक्त इन्जिनमा सार्वजनिक भएको सो स्कुटर पावरफुल इन्जिनका साथ स्पोर्टी डिजाइनमा भित्रिएको कम्पनीले जनाएको छ । टुरिङ स्कुटरका रुपमा प्रखित सो स्कुटरको आकार पनि ठूलो हुनुका साथै इन्जिन पनि शक्तिशाली रहेको छ ।  


सुजुकी बर्गम्यान स्ट्रिटमा १२४.५ सीसी क्षमताको ४ स्ट्रोक सिंगल सिलिन्डर एफआई बीएस ६ इन्जिन दिइएको छ जुन इन्जिनले ६७ सय ५० आरपीएममा अधिकतम ८.७ पीएस र ५ हजार ५०० आरपीएम १० एनएम टर्क जेनेरेट गर्दछ । सो स्कुटरको अघिल्लो चक्कामा ड्रम ब्रेक र डिक्स ब्रेकको अप्सन छ र पछिल्लो चक्कामा ड्रम ब्रेक रहेको छ भने यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्विङ आर्म सस्पेन्सन दिइएको छ ।


सुजुकी बर्गम्यान स्ट्रिट बीएस ६ को लम्बाई १८८० एमएम, चौडाई ६७५ एमएम, उचाई ११४० एमएम, ह्विलबेस १२६५ एमएम, ग्राउन्ड क्लियरेन्स १६० एमएम, उचाई ७८० एमएम र तौल १०८ केजी रहेको छ । सुजुकी बर्गम्यान स्ट्रिट बीएस ६ मा ५.६ लिटरको फ्यूल ट्यांक दिइएको छ भने यसले ५३.५ किमि प्रतिलिटर माइलेज दिन्छ । सो स्कुटरको अगाडिको भागमा १२ इञ्चको र त्यसैगरी पछाडिको भागमा १० इञ्चको अलोए ह्विल दिइएको छ । स्कुटरको सिटको उचाइ ७८० एमएम रहेको छ ।


सुजुकी बर्गम्यान स्ट्रिट बीएस–६ आकर्षक लुक्सले भरिभराउ छ । यसमा लक्जिरियस एलईडी हेडलाइट, लिड रियर कम्बिनेसन लाइट, स्पोर्टी मफ्लर कभर, आल्मुनियम पिलियन फुटरेस्ट, कन्भिनेन्ट डुअल लगेज हुक्स, फ्लेक्जेवल फुट पोजिसन, सटर कि विथ सेन्ट्रल सिट जस्ता फिचर छन । यसमा लामो काउल, सानो विन्डस्क्रिन, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसबी चार्जर, स्टेप्ड सिट र साइड माउन्टेड एक्जस्ट जस्ता बिशेषता पनि पाउन सकिन्छ । यसका टायरहरु ट्युबलेस रहेका छन् । यसमा इन्जिन स्टार्ट र किल स्विच समेत थप फिचरको रुपमा उपलब्ध गराइएको छ ।


नेपाली बजारमा सुजुकी बर्गम्यान स्ट्रिट स्कुटर ५ कलर अपसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि रहेको छ । सो स्कुटरको नेपाली बजार मूल्य दुई लाख ७४ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ । सो स्कुटरले नेपाली बजारमा टीभीएस एनटर्क १२५, होन्डा ग्राजिया १२५ र सुजुकी एक्सेस १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।











Our latest comments