Home / Blogs / सुजुकी बर्गम्यान स्ट्रिट स्कुटर पनि बीएस ६ इन्जिनमा
  • Latest Bikes
  • 0

सुजुकी बर्गम्यान स्ट्रिट स्कुटर पनि बीएस ६ इन्जिनमा

Nepal Auto Trader

Share this News

image

सुजुकी मोटरसाइकलले आफ्नो लोकप्रिय स्कुटर बर्गम्यान स्ट्रिटलाई बीएस ६ मापदण्डयुक्त इन्जिनमा ल्याएको छ । यसमा एफआई इन्जिनका साथै इन्जिन स्टार्ट र किल स्विच समेत थप फिचरको रुपमा उपलब्ध गराइएको छ ।

सुजुकी बर्गम्यान स्ट्रिट बीएस–६ लुक्स आकर्षक छ । यो हेभी र अन्यभन्दा भिन्न देखिन्छ । यसमा एलईडी हेडलाईट दिएको छ । यसले स्कुटरलाई दमदार बनाएको छ । यसमा लामो काउल, सानो विन्डस्क्रिन, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसबी चार्जर, स्टेप्ड सिट र साइड माउन्टेड एक्जस्ट उपलब्ध गराइएको छ ।

सुजुकी बर्गम्यान स्ट्रिट बीएस–६को लम्बाई १८८० एमएम, चौडाई ६७५ एमएम, उचाई ११४० एमएम, ह्विलबेस १२६५ एमएम छ । ग्राउन्ड क्लियरेन्स १६० एमएम, उचाई ७८० एमएम र तौल १०८ केजी छ । सुजुकी बर्गम्यान स्ट्रिट बीएस–६मा ५.६ लिटरको फ्यूल ट्यांक दिइएको छ ।s

स्कुटरमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्विङ आर्म सस्पेन्सन दिइएको छ । सुजुकी बर्गम्यान स्ट्रिट बीएस–६को अघिल्लो चक्कामा ड्रम ब्रेक र डिक्स ब्रेकको अप्सन छ र पछिल्लो चक्कामा ड्रम ब्रेक छ ।

सुजुकी स्कुटर बर्गम्यान स्ट्रिट मा बीएस–६ १२४ सीसीको ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ८.७ पीएस पावर र १० एनएम टर्क जेनेरेट गर्छ । बजारमा यो स्कुटरको प्रतिस्पर्धा टीभीएस एनटर्क १२५, होन्डा ग्राजिया र सुजुकी एक्सेस १२५ सँग हुनेछ ।

Our latest comments