नेपाली बजारमा रोयल इन्फिल्ड बाइकको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपालमा रोयल इन्फिल्ड बाइकको नयाँ आधिकारिक विक्रेता तोकिएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको नयाँ आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्सले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । हालै मात्र सरकारले २५० देखि ४०० सीसीसम्मको मोटरसाइकलमा ७० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क लगाएको छ । सरकारले मोटरसाइकलको भन्सार बढाए पछि रोयल इन्फिल्डको मूल्य पनि त्यसै अनुसार बढेको हो । हाल बिक्रीका लागि उपलब्ध रोयल इन्फिल्डका सबै मोटरसाइकल ३५० सीसीका रहेका छन् ।
बढी इन्जिन क्षमता भएको रोयल इनफिल्डका मोडलहरु विशेष गरी लामो दुरी र अफ रोडको लागि भनेर तयार पारीएको हो । रोयल इनफिल्डको नयाँ सोरुम निर्माणको क्रममा रहेको कम्पनीले जनाएको छ भने हालको लागि कमलपोखरीको सिटी सेन्टरमा स्थापित टच प्वाइन्टमार्फत मोटरसाइकल टेस्ट राइड र बुकिङ गर्न सकिने छ । नयाँ मूल्य सूची अनुसार क्लासिक ३५० का सबै मोडलको मूल्य ७ लाख तोकिएको छ भने मेटियर ३५० को मूल्य ८ लाख ७५ हजार देखि ९ लाख ३५ हजार रुपैयाँ सम्म रहेको छ । रोयल इनफिल्डका बाइकहरू हेर्दै 'स्टाइलिस' र 'प्रिमियम' छन जुन कारणले गर्दानै सो बाइकहरु महँगो हुने गर्दछ । यसको विभिन्न मोडलको बाइकको मूल्य यस प्रकारको छः
रोयल इनफिल्डका विभिन्न मोडलको नयाँ मूल्यसूची:
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।