रेनो डस्टर आरएक्सएस डिजेल नेपाली बजारमा सार्वजनिक

रेनोको लागि नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटोमोवाइलले नयाँ डस्टरको नेपालमा बिक्री सुरु गरेको छ । रेनोले गत वर्ष सार्वजनिक गरेको डस्टरको फेसलिफ्ट मोडलको ‘आरएक्सएस’ भेरियन्ट मात्र नेपाल ल्याएको हो । सन् २०१६ देखि नेपाली बजारमा डस्टर बिक्री वितरण हुँदै आएको छ । नेपालमा बिक्री सुरुभएपछि पहिलो पटक डस्टरको फेसलिफ्ट मोडल आएको हो । यो सेग्मेन्ट मै सस्तो मूल्यको डिजेल एसयूभी समेत हो ।

यसको एक्सटेरियरमा नयाँ प्रोजेक्टर हेडल्याम्पसँगै एलइडी डिआरएलएस, रि(डिजाइन क्रोम फ्रन्ट ग्रिल, रि–डिजाइन फ्रन्ट बम्पर जस्ता परिवर्तन सहजै देख्न सकिने छ । रेगुलर मोडलको तुलनामा आकर्षक तरिकाले अगाडि र पछाडि स्किड प्लेट जोडिएको छ । यसमा दिइएको नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वीलले एसयूभीलाई निकै बोल्ड देखाएको छ । यसमा १४९८ सीसी क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ५६०० आरपीएममा १०५ बीएच पावर र ४००० आरपीएममा १४२ एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।

कम्पनीले पुरानोको तुलनामा नयाँ मोडलको क्याबिन प्रिमियम बनाउन कुनै कसर छाडेको छैन । यसमा दिइएको नयाँ स्टेयरिङ ह्वील, एङ्गुलर एसी भेन्ट, ब्राउन फ्रेब्रिक अपहोलस्ट्रीक, फक्स आल्मोनियम ट्रिम, क्रोम एन्ड ग्लस ब्ल्याक बिटजस्ता फिचर उपलब्ध रहेको छ । फेसलिफ्ट डस्टरमा कम्पनीले ७।० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै एन्ड्रोइड अटो, एप्पल कार प्लेको फिचर दिइएको छ ।

यस मोडलमा म्यानुयल एसी, हाइट एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट आर्मेष्ट, इलेक्ट्रीकल्ली फोल्डेबल ओआरभीएमएस, रियर पार्किङ क्यामरा, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री र रियर वाइपरको विशेषता दिइएको छ । अहिले नेपालमा उपलब्ध फेसलिफ्ट मोडल आरएक्सएस भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले अन्य भेरियन्ट भने क्रमिक रुपमा नेपाल ल्याउने जानकारी दिएको छ ।


Share Page

0 Comments

Write a comment

menu
menu