निसानको नयाँ सब कम्प्याक्ट एसयूभी निसान म्याग्नाइट चाँडै सार्वजनिक हुने भएको छ । सो एसयूभीको ग्लोबल डेब्यु १६ जुलाईमा हुने भएको छ । कम्पनीले सो एसयूभीको आधारमा ३ भिडियो सार्वजनिक गरेको पाइएको छ । भिडियोमा निसान म्याग्नाइटको फ्रन्ट भाग मात्र देखाइएको छ । सो एसयूभीमा मोटो ह्वील आर्च, अफ रोड टायर र ठूलो ह्वील तथा स्कफ प्लेट समावेश रहेका छन ।
म्याग्नाइटमा शार्प लुक भएको एलईडी हेडलाइट समाबेश गरिएको छ् । यसको एल आकार डिआरएल ड्याटसन रेडी गो फेसलिफ्ट जस्तो देखिन्छ । सो एसयूभीमा ठूलो ग्रिल र साइडमा मोटो क्लेडिङ समावेश गरेको छ । सो एसयूभीको सुरुवाती मूल्य ५ लाख २५ हजार भारु हुने अनुमान गरिएको छ । सो कारले मारुती ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्सन, महिन्द्रा एक्सयूसी ३००, किया सोनेट र रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ ।
निसान म्याग्नाइटमा २ इन्जिनको विकल्प हुने अनुमान गरिएको छ । यसमा १.० लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन रहेको छ जसले ७२ एचपीको पावर र ९६ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प रहेको छ । अर्काे १.० लिटर ३ सिलिन्डर टर्बाे पेट्रोल इन्जिन रहेको छ जसले ९५ एचपीको पावर प्रदान गर्छ । यसमा ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक गियरबक्सको रहने अनुमान गरिएको छ ।
निसानको म्याग्नाइट एसयूभी आर्थिक वर्ष २०२०–२०२१ मा सार्वजनिक हुनेछ । भारतीय बजारमा सो कार २०२१ को जनवरीमा सार्वजनिक हुनेछ । लिक भएको फोटो अनुसार धेरै डिटेल भने सार्वजनिक भएको छ । अन्य जानकारी को लागि धैर्य गर्नुहोला ।
PREVIOUS NEWS