नयाँ फिचर सहित यामाहा एफजी २५ छिट्टै सार्वजनिक हुने

यामाहा एफजी २५ को नयाँ मोडल छिट्टै नै सार्वजनिक हुने भएको छ । कम्पनीले बीएस ६ मोडलको सो बाइक सार्वजनिक गरेको छ । बाइकको नयाँ मोडलमा मेकानिकल अपग्रेड गरिनुका साथै यसको लुकमा पनि परिवर्तन गरिएको छ । साथै यसमा नयाँ फिचर पनि सामेल गरिएको छ ।

त्यसैगरी १५० सीसी भेरिएन्ट जस्तै एफजी २५ को प्रिमियम भेरिएन्ट यामाहा एफजेडएस २५ पनि उपलब्ध हुनेछ । यामाहाले यी बाइकको भारतमा बुकिङ शुरु गरिसकेको छ । नयाँ यामाहा एफजी २५ मा नयाँ हेडल्याम्प सेटअप र इन्जिन काउल उपलब्ध गराएको छ । यसको फ्युल ट्यांक डिजाइन र अन्य बडी वर्क पुरानो मोडल जस्तै नै छ ।

यसमा नयाँ एलईडी हेडल्याम्प, प्रोजेक्टर बिम सेटअपका साथ आएको छ । यसले अझै राम्रो उज्यालो प्रदान गर्छ । बाइकमा एलईडी टेलल्याम्प छ भने टर्न इन्डिकेटरका लागि पहिलेकै जस्तै सेटअप छ । यामाहा एफजी २५ मा ठूलो विन्डस्क्रिन र नकल गार्ड छ । यसलाई टुरिङ फ्रेन्ड्ली मोटरसाइकलको रुपमा प्रस्तुत गर्ने योजना छ । विभिन्न तीन कलर भेरिएन्टमा सो बाइक उपलब्ध हुनेछ ।

बाइकमा ड्युअल डिस्क ब्रेकड्युअल च्यानल एबीएस हुनेछ । फ्रन्टमा टेलिस्कोपिक फोर्क्स र रियरमा मोनोसक सस्पेन्सन हुनेछ । यसमा २४९ सीसीको एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ, जसले २०.८ पीएसको पावर र २०.१ एनएमको टर्क जेनेरेट गर्छ । पहिले भन्दा यसको पावर र टर्क अलि कम छ । यसको मूल्य र अन्य फिचर लन्चिङकै समयमा थाहा हुनेछ ।

Share Page

0 Comments

Write a comment

menu
menu