Home / Blogs / नयाँ विशेषतासहित सुपर स्प्लेन्डर नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

नयाँ विशेषतासहित सुपर स्प्लेन्डर नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

हिरो मोटोकर्पले अत्यधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा सार्वजनिक गरेको छ  । हिरो होन्डा स्प्लेन्डरको नामबाट चर्चित बनेको सुपर स्प्लेन्डर होन्डा र हिरो बीचको सहकार्य टुटेपछि ‘हिरो स्प्लेन्डर’ भएको हो । अहिले हिरो र होन्डाले सहकार्य तोडर आ-आफ्नो मोडलहरु उत्पादन गरिरहेका छन् । यसअघि हिरो होन्डा ब्राण्ड नेमबाट उत्पादन भएका सबै मोडल हिरोले उत्पादन गर्दै आएको छ । नेपालमा पनि हिरोका प्राय सबै मोडलहरु बिक्री भइरहेका छन् ।

सुपर स्प्लेन्डर अब (आईबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा १ लाख ९८ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले बताएको छ । सो बाइक सेल्फ ड्रम एलोय व्हीलमा उपलब्ध हुनेछ । सुपर स्प्लेन्डर विश्वास, विश्वसनीयता र इन्धन दक्षताका अलावा आफ्नो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिन्हित भएर सबै ब्रान्डमा भिन्न बनेको छ । यो बजार प्रवेशसँगै हिरो मोटोकर्र्र्पले आफ्ना ग्राहकहरूलाई प्रिमियम, उच्च–गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको बताएको छ ।

कम्पनीले यसमा १२४.७ सीसी क्षमताको एयर कुल्ड, फोर स्टोक ओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७००० आरपीएममा ९ बीएच पावर र ४००० आरपीएममा १०.३५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ४ स्पीड कन्सट्यान्ट मेस गियरबक्स र मल्टिप्लेट वेट क्लच उपलब्ध रहेको छ । यसैपनि हिरोले उत्पादन गरेका मोटरसाइकलको माइलेज राम्रो हुने गरेको छ । सुपर स्प्लेन्डरले ६० किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ । यसको माइलेज धेरै हुनुमा आई-थ्री-एस प्रणाली पनि मुख्य कारण मानिन्छ ।

सुपर स्प्लेन्डर ९० किमी प्रति घण्टाको अधिकतम गतिसम्म पुग्छ । हिरो स्प्लेन्डर सहर, तराई र पहाड सबै क्षेत्रको लागि उपयूक्त मोटरसाइकल मानिन्छ । सुपर स्प्लेन्डर आधुनिक ग्राफिक्सको साथ पाँच प्रिमियम मेटालिक रंगहरूमा आउँछ ब्ल्याक विथ ग्रे, क्यान्डी ब्लेजिङ रेड, ब्लयाक विथ रेड स्ट्राइप्स, ब्लयाक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे ।  कम्पनीले सुपर माइलेज, सुपर स्टाइल, सुपर पर्फमेन्स र सुपर सेफ्टी नारासहित यसलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकलमध्ये एक हो ।

Our latest comments