Home / Blogs / नेपाली बजारमा सुजुकी ग्राण्ड भिटाराको खुल्यो बुकिङ; यस्तो छ मूल्य
  • Latest Cars
  • 0

नेपाली बजारमा सुजुकी ग्राण्ड भिटाराको खुल्यो बुकिङ; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

सुजुकी ग्राण्ड भिटाराको नयाँ जेनेरेशन मोडल अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले यसको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । सीजीले अबको १५ दिन भित्र यसको विक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको हो । सुजुकी ग्रान्ड भिटाराको जिटा र अल्फा भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने कम्पनिले जनाएको छ । नेपाली बजारमा उपलब्ध हुने जिटा मिड भेरिएन्ट हो भने अल्फा टप भेरिएन्ट हो ।


नयाँ ग्रान्ड भिटारामा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १४६२ सीसीको पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३६.८ एनएमको टर्क जेनेरेट गर्छ । ई ड्राइभ सिस्टम भएको भिटारामा सिन्क्रोनास एसी मोटर पनि जडान गरिएको छ । यी दुबै भेरियन्टमा अटोमेटीक गियरबक्स र ईड्राइभ टेक्नोलोजी जडान भएको छ । भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स रहेको छ । सो कार ड्यूलजेट पेट्रोल इन्जिन भेरियन्टमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


ग्राण्ड भिटाराको लम्बाई ३९९५ एमएम, चौडाई १७९० एमएम, उचाई १६८५ एमएम, २५०० एमएम ह्वीलवेस र २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३२८ लिटर क्षमताको बुट स्पेश र ४८ लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको माइलेज पनि निकै उत्कृष्ट रहेको छ । सो कारले २७.९७ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने ११०० केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १७० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ । 


नयाँ जेनेरेशन ग्रान्ड भिटारामा प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फुल्ली डिजिटल इन्ट्रुमेन्टर क्लस्टर, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी, इन्जिन स्टार्ट/स्टप बटन र वायरलेस चार्जर जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा नयाँ इलेक्ट्रिक पानारोमीक सनरुफ पनि रहेको छ । भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । यसको टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट दिइएको छ ।  


यसैगरी यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । यसमा ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम, चारवटै चक्कामा डिसब्रेक, डिभाइस लेफ्ट अलर्ट सिस्टम, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छन । यसमा अलह्वील ड्राइभ फिचरका साथै अटो, स्नो, स्पोर्टस र लक टेरेन मोड रहेको छ भने ड्राइभ कम्फर्टका लागि ईभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ ।


ग्राण्ड भिटारा अबको १५ दिन भित्र नेपाली बजारमा विक्री सुरु हुने कम्पनीले जनाएको छ । ग्राण्ड भिटारा विटा भेरियन्टको मूल्य ८५ लाख ९९ हजार र अल्फा भेरियन्टको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ हुने अनुमान गरिएको छ । यी दुई भेरिएन्टको मूल्य औपचारिक रुपमा जानकारी भने कम्पनीले दिएको छैन । अहिले ग्राण्ड भिटारा बुकिङ गर्न चाहने ग्राहकले ५० हजारदेखि १ लाख रुपैयाँसम्म तिरेर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






Our latest comments