Home / Blogs / नयाँ जेनेरेशनको होन्डा सिटी नेपालमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Cars
  • 0

नयाँ जेनेरेशनको होन्डा सिटी नेपालमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ जेनेरेशन होन्डा सिटी नेपाली बजारमा सार्वजनिक गरेको छ । विभिन्न ६ भेरियन्टमा नयाँ जेनेरेशन होन्डा सिटी नेपाली बजारमा कम्पनिले सार्वजनिक गरेको हो । कम्पनिले सिटीको बिभिन्न भेरियन्ट भि म्यानुयल, भि अटोमेटिक, भिएक्स म्यानुयल, भिएक्स अटोमेटिक, जेडएक्स म्यानुयल र जेडएक्स अटोमेटिक नेपाली बजारमा ल्याएको हो । होण्डाले उत्पादन गरेको सिटी मोडलको कार २० वर्षभन्दा पहिले देखि चल्दै आएको कार हो जुन प्रिमियम सेडान सेग्मेन्टमा विक्री हुँदै आएको छ  ।


विभिन्न भेरियन्टका नयाँ जेनेरेशन होन्डा सिटीमा १.५ लिटर वाटर कुल्ड इनलाइन ४ सिलिण्डर, आई-भिटीइसी डिओएचसी इन्जिन उपलब्ध रहने छ । होन्डा सिटीमा रहेको १४९८ सीसी क्षमताको इन्जिनले अधिकतम ६६०० आरपीएममा १२१ हर्स पावर र ४३०० आरपीएममा १४५ एनएम टर्क उत्पन्न गर्छ ।  सो कारमा  ६ स्पीड म्यानुयल र सिभीटी गियरबक्स दिइएको छ । नयाँ सिटीको लम्बाई ४५४९ एमएम, चौडाई १७४८ एमएम र उचाई १४९८ एमएम रहेको छ । सो कार नेपाली बजारमा पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने छ ।


ब्रेक कर्तव्यको कुरा गर्नु पर्दा सो कारमा डिस्क र ड्रम ब्रेक उपलब्ध रहेको छ, अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक समाबेश छन । कम्पनीले सो गाडीमा  २६०० एमएमको ह्वीलवेस,५०६ लिटरको बुटस्पेश भने १६  इन्चको अलोय ह्वील दिएको छ । कारमा प्रयोग गरिएका सबै लाइटहरु एलइडी नै छन् । कम्पनिले सिटीमा धेरै नयाँ फिचरहरु उपलब्ध गराएको छ, उदाहरण को लागी  १७.७ सेन्टिमिटरको फुल एचडी डिस्प्ले, ८ वटा स्पीकर, सुरक्षाका लागि एबीएस, इबीडी, एयरव्याग, हिल स्टार्ट, प्रजेक्टर हेडल्याम्प, डे टाइम रनिङ लाइट आधी इत्यादी छन ।




नयाँ जेनेरेशन होन्डा सिटी सबै भेरियन्टको मूल्य:



मोडल 
मुल्य 
होन्डा सिटी  भि म्यानुअल
५३ लाख ९० हजार
होन्डा सिटी भि अटोमेटिक
५९ लाख ९० हजार
होन्डा सिटी भिएक्स म्यानुयल
५९ लाख ९० हजार
होन्डा सिटी भिएक्स अटोमेटिक
 ६५ लाख ९० हजार
होन्डा सिटी जेडएक्स म्यनुयल
 ६३ लाख ९० हजार
होन्डा सिटी जेडएक्स अटोमेटिक
 ६९ लाख ९० हजार



 

 



Our latest comments