चिनियाँ ब्राण्ड चेरीको टिगो ४ प्रो मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम मार्फत चेरी ब्राण्डको टिगो ४ प्रो सार्वजनिक गरिएको हो । सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोवाइलले चेरी ब्राण्डको सो मिडसाइज एसयूभी नेपाली बजारमा भित्राएको हो । सो गाडी तीन भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ जसमा टिग्गो फोरप्रो म्यानुअल ट्रान्समिसन, सीभीटी ट्रान्समिसन र १.५ टर्बो सीभीटी ट्रान्समिसन रहेका छन । चेरी ब्राण्ड १० वर्षअघि पनि नेपालमा विक्री भएको एक राम्रो ब्राण्ड हो ।
टिगो फोर एसयूभीमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले १४८ पीएस पावर र २१० एनएम टर्क प्रदान गर्दछ । यसको लम्बाई ४३३८ एमएम, चौडाई १८३० एमएम, उचाई १६४५ एमएम रहेको छ । टीगो ४ मा २६३० एमएमको ह्वीलवेस रहेको छ । यसमा ३४० लिटरको बुट स्पेस छ भने ५१ लिटरको इन्धन ट्यांकी रहेको छ । पुस स्टार्ट बटन प्रयोग गरी गाडीलाई चलाउन सकिन्छ । सो कारमा अटोमेटिक एयर कन्डिसनिङ सिस्टम छ भने मल्टिपल एयर प्युरिफिकेसन टेक्नोलोजी पनि दिइएको छ ।
टिग्गो फोरप्रोमा सफ्ट टच मेटिरियल ड्यासबोर्ड, पीभीसी सिट कभर, ७ इन्चको डिजिटल एलसीडी इन्ट्रुमेन्ट क्लस्टर, १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, सिभीटी गियरबक्स, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट असिस्ट जस्ता आधाुनिक फिचर पाउन सकिन्छ । एलईडी हेडल्याम्प, एलईडी डे टाइम रनिङ लाइट, एलईडी हाई माउन्टेड ब्रेक ल्याम्प पनि यसमा दिइएको छ । यसको फ्रन्टमा रहेको ग्रिल र सनरुफले यसलाई झन आकर्षक बनाएको छ ।
सुरक्षाका लागि टिगो-४ प्रोमा एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस), इमर्जेन्सी ब्रेक असिस्ट (ईबीए), रोल स्टेबिलिटी कन्ट्रोल (आरएससी), हिल स्टार्ट कन्ट्रोल (एचएसी), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) लगायतका विभिन्न फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसमा ड्युअल फ्रिक्वेन्सी ड्राइभ साफ्ट, सस्पेन्सन स्टिफनेस र इन्टेग्रल पेडल सपोर्ट पनि रहेको छ ।
चेरी अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बढी गाडी निर्यात गर्ने चाइनिज कम्पनीको रुपमा परिचित रहेको छ । तीन भेरिएन्टमा उपलब्ध टिग्गो फोरप्रो म्यानुअल ट्रान्समिसनको नेपाली मूल्य ४६ लाख २० हजार, सीभीटी ट्रान्समिसनको मूल्य ५२ लाख ५० हजार र १.५ टर्बो सीभीटी ट्रान्समिसनको मूल्य ५८ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।