Home / Blogs / निषेधाज्ञा पछी नयाँ फिचरसहित यामाहा एफजेडएस भि ३ आउने
  • Upcoming Bikes
  • 0

निषेधाज्ञा पछी नयाँ फिचरसहित यामाहा एफजेडएस भि ३ आउने

Nepal Auto Trader

Share this News

image

यामाहाले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । सोही प्रतिबद्धता पूरा गर्ने क्रमलाई नै मध्यनजर गर्दै यामाहाले नयाँ मोटरसाइकल पनि नेपाल ल्याउने तयारी गरेको छ । नेपालका लागि यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले एफजेडएस भि ३ को नयाँ भर्सन अब छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले एफजेडएस भि थ्रीको हालै मात्र नयाँ मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ बनाएको छ ।


यामाहा एफजेडएस भी थ्रीमा पुरनो मोडलमा जस्तै नै १४९ सीसी एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्दछ । सो बाइक बीएस६ मापदण्डको इन्जिनमा आधारित हुनेछ भने यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । सो मोटरबाइकमा डबल डिस्क ब्रेक दिइएको छ भने अत्याधुनिक एबीएस सिस्टम पनि जडान गरिएको छ । सो बाइकको कुल वजन १३७ किलोग्राम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।


आकर्षक डिजाइन, एफआई इन्जिन, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर रहेको सो मोटरबाइकमा कनेक्ट एक्स एपमार्फत मोटरसाइकल र मोवाइल कनेक्ट गर्न सकिने रहेको छ । सो एप एन्ड्रोएड तथा एप्पल स्टोर दुबैमा उपलब्ध रहेको छ । यो एप मार्फत ग्राहकले पार्किङमा आफ्नो मोटरसाइकल कहाँ छ भनेर सजिलै पत्ता लगाउन सक्ने कम्पनीको दाबि छ । यामाहा एफजेडएस भि थ्रीको सिट हाइट ७९० एमएम रहेको छ भने यसको लम्बाई १९९० एमएम रहेको छ ।


कम्पनी स्रोतका अनुसार यामाहा एफजेडएस भि ३ को एक्स कनेक्ट भर्सन सहित नेपाली बजारमा सार्वजनिक गरिने छ । सो बाइक साउन महिना भित्रै नेपाल आउने कम्पनी स्रोतको दावी छ । नेपाल आउन लागेको नयाँ एफजेडएस भि ३ मा भने अन्य कुनै परिर्वतन हुने छैन । कम्पनीले सो बाइकको नेपाली बजार मूल्यको बारेमा भने कुनै पनि जानकारी दिएको छैन । एफजेडएस भि ३ ले बजारमा सुजुकी जिक्सर १५० सँग सिधा प्रतिस्पर्धा गर्दै आएको छ । नेपालमा यामाहाका मोटरसाइकल पनि लोकप्रिय अन्तर्गत पर्छ जसको कारण हो यसको सार्प र स्पोर्टी डिजाइन । 





Our latest comments