Home / Blogs / टोयोटाको नयाँ एसयूभी यारिस हाइब्रिड सार्वजनिक
  • Latest Cars
  • 0

टोयोटाको नयाँ एसयूभी यारिस हाइब्रिड सार्वजनिक

Nepal Auto Trader

Share this News

image

टोयोटाले आफ्नो यारिस बेस क्रसओभर एसयूभी यूरोपियन बजारबाट बिक्री सुरु गरेको छ । टोयोटाले यूरोपियन ग्राहकलाई ध्यानमा राखेर तयार भएको कारण यारिस क्रसओभर यूरोपबाट सार्वजनिक गरेको जनाएको हो ।

कम्पनीले नयाँ यारिसलाई टोयोटाको परम्परागत एसयूभीको थिममा रहेर निर्माण गरेको जनाएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र चंकी ह्वील आर्कले यसलाई एसयूभी बनाएको छ । यसमा १८ इन्चको अलोय ह्वील दिइएको छ । कोरोनो भाइरसको कारण जेनेभा मोटर शो आयोजना हुन नसकेकाले यसलाई कम्पनीले बजारमा ल्याएको हो ।

टोयोटाले यसलाई टीएनजीए–बी प्लेटफर्ममा डिजाइन गरेको हो भने यसलाई अल ह्वील ड्राइभ सिस्टममा ल्याउने अनुमान गरिएको छ । यसमा १० इन्च हेड अप डिस्प्ले युनिट, स्मार्टफोन कनेक्टिभिटीको साथमा इन्फोटेनमेन्ट सिस्टम र सुरक्षाको लागि एयरब्याग सहितको फिचर रहेकोअनुमान गरिएको छ ।

नयाँ एसयूभीमा १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन दिइएको छ । उक्त हाइब्रिड इन्जिनले ११६ बीएचपीको पावर जेनेरेट गर्छ । ट्रान्समिसन अप्सनमा ६ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक युनिट हुनेछ ।

Our latest comments