Home / Blogs / विद्युतीय सवारी साधन पुरानै मूल्यमा यथावात; यस्तो छ मूल्य
  • Auto News and Updates
  • 0

विद्युतीय सवारी साधन पुरानै मूल्यमा यथावात; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क पुरै खारेज गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट विद्युतीय गाडीमा अन्तःशुलक खारेज र भन्सार दरमा कटौती गरेको छ । सरकारले विद्युतीय गाडीको भन्सार ४० प्रतिशतमा झारेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत १० प्रतिशतदेखि ४० प्रतिशतसम्म भन्सार दर कायम गरेका हुन् । सरकारले गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार शुल्कमा वृद्धि गर्दा निकै नै आलोचित बनेको थियो ।


भन्सार दरमा कटौती गरेपछि अब पुरानै मूल्यमा विद्युतीय कार नेपाली बजारमा किन्न पाइने भएको छ । सरकारले गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार शुल्कमा वृद्धि गर्दा निकै नै आलोचित बनेको थियो । हिजो सार्वजनिक भएको बजेटले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाटसम्मका साधनमा १५, २०० देखि ३०० किलोवाट क्षमताको मोटर भएकामा ३० र ३०० किलोवाट भन्दा माथिका साधनमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ ।


त्यसैगरी यसअघि ५० किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा ३० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई घटाएर ८० प्रतिशत छुट दिने निर्णय थियो । ५१ देखि १ सय किलोवाट क्षमताका सवारीसाधनमा ४० प्रतिशत अन्तःशुल्क लाग्नेमा ७५ प्रतिशत छुट दिने निर्णय थियो । त्यसैगरी १ सय १ देखि १ सय ५० किलोवाटसम्म क्षमताका विद्युतीय सवारीसाधनमा ५० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था भएकोमा ७० प्रतिशत छुट दिने निर्णय भएको थियो । १ सय ५१ किलोवाटभन्दा बढी क्षमताका सवारीसाधनमा ६० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्नेमा २५ प्रतिशत छुट दिने निर्णय भएको थियो । 


चालु आर्थिक वर्ष २०७७/७८ को बजेट आउनु अघि बजारमा चल्तीका विद्युतीय कारमा महिन्द्रा इटुओ, हुन्डाई कोना, किया निरो, एमजी इजेडएस र विवाइडी इ६ रहेका थिए । एमजी इजेडएसकाे पुरानो मूल्य ५० लाख हुन्डाई कोना ५५ लाख ९६ हजार, विवाइडी इ६ को ६६ लाख र किया निरोको ६६ लाख ९० हजार रुपैयाँ रहेको थियो । अब यी सबै गाडी पहिलेकै नेपाली बजार मूल्यमा पाउने भएको  छ । पूर्णरुपमा अन्तःशुल्क खारेज भएको अवस्थामा गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार शुल्क निर्धारण गरिएको छ ।


Our latest comments