Home / Blogs / यस्ता छन् अटो शोमा देखिएका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर
  • Auto News and Updates
  • 0

यस्ता छन् अटो शोमा देखिएका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर

Nepal Auto Trader

Share this News

image

राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ। ६ दिनसम्म चल्ने उक्त मेलामा विभिन्न ब्राण्डका दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन र तिनका पार्टसपूर्जाको बारेमा जानकारी लिन तथा खरिद गर्न पाइन्छ।

बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ। त्यस्तै विद्युतीय सवारीमा पछिल्लो समय नयाँ आविष्कार पनि भइरहेको छ। यो वर्ष पनि धेरै कम्पनीले दइपांग्रे विद्युतीय सवारीसाधन प्रदर्शनी गरेका छन्।

जिनियस

विद्युतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी जिनियसको नेपालका आधिकारिक वितरक योमा मा मोटर्सले ४ मोटरसाइकल र २ स्कुटर प्रदर्शन गरेको छ। जिनियसका मोटरसाइकल फुल चार्जमा १ सय २० किलोमिटरसम्म र स्कुटर ८० किलोमिटरसम्म गुड्ने कम्पनीका डाइरेक्टर सन्जिव सिल्पाकारले जानकारी दिए।

कम्पनीले मोटरसाइकल तथा स्कुटरका २ वर्षको वारेन्टी दिएको छ। कम्पनीले यसको मूल्य एक्सवाई–५४ मोटरसाइकलको ३७८०००, डब्लु – ५४ मोटरसाइकलको ३७८०००, विप–३४ मोटरसाइकलको २७८०००, एक्स–५४ मोटरसाइकलको ३७८०००, एक्सएन–१२३२ स्कुटरको १९९००० र एलटी –१५३२ स्कुटरको १९६००० निर्धारण गरेको छ।

सुपर सोको 

विद्युतीय सवारी साधन कम्पनी सुपर सोकोको नेपालका लागि आधिकारिक वितरक दिगोले अटो शोमा ५ ओटा मोटरसाइकल र स्कुटर प्रदर्शन गरेको छ। कम्पनीले सियु प्लस स्कुटर, सियुएक्स स्कुटर, सियुएक्स (डुकाटी एडिसन) स्कुटर, टिसी बाइक र टिसी म्याक्स बाइक सार्वजनिक गरेको हो।

कम्पनीले यसको मूल्य सियु प्लस स्कुटरको २३८०००, सियुएक्स स्कुटरको २९८०००, सियुएक्स (डुकाटी एडिसन) स्कुटरको ३४८०००, टिसी बाइकको ३४८००० र टिसी म्याक्स बाइकको ५४८००० निर्धारण गरेको छ।

न्यू

विद्युतीय सवारी निमार्ता कम्पनी न्यू को नेपालको लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले नाडा अटो शोमा ३ ओटा विद्युतिय स्कुटर प्रदर्शन गरेको छ।

एनजिटी सिरिजको मूल्य ४ लाख २५ हजार, एन सिरिजको मूल्य २ लाख ५४ हजार, एन सिरिजको मेटल कलरको २ लाख ६० हजार र एम सिरिजको २ लाख ३५ हजार निर्धारण गरेको छ। एनजिटी सिरिजका स्कुटर ३ घण्टा ३० मिनेटमा फुल चार्ज हुने र १ सय २० किलोमिटर भन्दा धेरै माइलेज दिने कम्पनीको दावी छ।

त्यस्तै एन सिरिजका स्कुटर ४ देखि ६ घण्टामा फुल चार्ज हुने र ८० किलोमिटर माइलेज दिने तथा एम सिरिजका स्कुटरले स्कुटर ४ देखि ६ घण्टामा फुल चार्ज हुने र ८० देखि १०० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।

मियामा 

जापानी विद्युतिय स्कुटर कम्पनी मियामा इलेक्ट्रिक स्कुटरको नेपालको आधिकारिक वितरक मियामा मोटर्स प्रालीले नाडा अटो शोमा ४ ओटा विद्युतिय स्कुटर राखेको छ।

कम्पनीले स्कुटरको ब्याट्रीमा १ वर्ष, मोटरमा २ वर्ष र क्नट्रोलरमा १ वर्ष वारेन्टी प्रदान गरेको छ।

कम्पनीले यी स्कुटरको मूल्य एसडी१ को १ लाख ४९ हजार, वेवाई१ को १ लाख ६८ हजार, एल वाई१ को १ लाख ६५ हजार रसिजेवाईको१ को १ लाख ६४ हजार निर्धारण गरेको छ।

SOURCE:




Our latest comments