Home / Blogs / मिकु इलेक्ट्रीक मोटरसाइकल नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Scooter
  • 0

मिकु इलेक्ट्रीक मोटरसाइकल नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा चिनियाँ ब्राण्ड मिकुका इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरिएको छ । नेपालका लागि मिकु इलेक्ट्रीक मोटरसाइकलको आधिकारिक वितरक   क्यालिबर ग्रुप अन्तर्गतको क्यालिबर अटोले मिकु ब्राण्डको इलेक्ट्रीक मोटरसाइकल नेपाल ल्याएको जनाएको छ । क्यालिबर अटोले हाल नेपाली बजारमा डोहान ब्राण्डका इलेक्ट्रीक स्कुटर विक्री तथा बितरण गर्दै आएको छ । कम्पनीले मिकु सुपर र मिकु म्याक्स गरी दुई इलेक्ट्रीक मोटरसाइकलको विक्री समेत सुरु गरेको जनाएको छ ।


मिकु सुपरमा ३ किलावाट क्षमताको मोटर जडान दिइएको छ । सो इलेक्ट्रीक मोटरसाइकल ७२ भोल्ट २० एम्पीयर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । दुई ब्याट्री अप्सनमा उपलब्ध मिकु सुपरले एक पकटको फुलचार्जमा १३५ किलोमिटर रेन्ज प्रदान गर्नेछ । यसको ब्याट्रीलाई चार्ज गर्न जम्मा ४ देखि ५ घन्टाघण्टा लाग्ने कम्पनीले जनाएको छ । मिकु सुपरको टप स्पिड ८० किलोमिटर प्रति घन्टा रहेको छ ।


मिकु म्याक्समा ८ सय वाट क्षमताको मोटर जडान दिइएको छ । सो इलेक्ट्रीक मोटरसाइकल ६० भोल्ट २० एम्पीयर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । दुई ब्याट्री अप्सनमा उपलब्ध मिकु म्याक्सले एक पकटको फुलचार्जमा ७० किलोमिटर रेन्ज प्रदान गर्नेछ । यसको ब्याट्रीलाई चार्ज गर्न जम्मा ४ देखि ५ घन्टाघण्टा लाग्ने कम्पनीले जनाएको छ । मिकु म्याक्सको टप स्पिड ४५ किलोमिटर प्रति घन्टा रहेको छ ।


मिकु ब्राण्डको यि दूबै इलेक्ट्रीक मोटरसाइकलमा फुल एलइडी लाइट्स, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, राइडीङ मोड, डबल डिस्क ब्रेक, यूएसबी चार्जिङ जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यी दुबै इलेक्ट्रिक मोटरसाइकलमा रिजेनेरेटिभ ब्रेकिङ, रिभर्स असिस्ट, क्रुज कन्ट्रोल, रिपेयर स्विच, ब्लुटुथ स्पिकर, एन्टी थेफ्ट लक, साइड स्ट्यान्ड सेन्सर जस्ता फिचर पाउन सकिन्छ । यि मोटरसाइकलको मूल्य ३ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।











Our latest comments