Home / Blogs / एमजी एचएस एसयूभी अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

एमजी एचएस एसयूभी अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

एमजी अर्थात मोरिस ग्यारेजको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा छिट्टै नै नयाँ एसयूभी ‘एचएस’ ल्याउने तयारी गरेको छ । लकडाउन खुलेर स्थिति सहज भए पश्चात सो गाडी नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए ।

हाल नेपाली बजारमा उपलब्ध एमजी जेडएस भन्दा ठूलो आकारमा रहेको एमजी एचएस विश्व बजारमा १.५ लिटर र २.० लिटर गरी दुई इन्जिन अप्सनमा उपलब्ध भए तापनि नेपाली बजारमा भने १.५ लिटर इन्जिन अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य विभिन्न भेरिएन्ट अनुसार ६० लाख देखि ७५ लाख रुपैयाँ सम्म हुने अनुमान गरिएको छ ।

यसमा भएको टर्बोचार्ज्ड फोर सिलिन्डर इन्जिनले १६२ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ ।एमजी एचएसको इन्टेरियर विशेष प्रिमियम स्टाइलको छ । यसमा १०.१ इनचको इनफोटेनमेन्ट सिष्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटोको सपोर्टमा चलाउन सकिन्छ । यसमा भएको ३६० डिग्री क्यामेरा र अटो क्लाइमेट सिष्टमले गाडी चलाउन झनै सहज बनाउछ ।

एमजी एचएसमा फोरवे इलेक्ट्रिक एड्जस्टेबल लेदर सिट, प्यानोरामिक सनरुफ, आकर्षक ड्यासबोर्ड कलर र सुरक्षाका लागि ६ वटा एयरब्याग र एबीएस तथा ईबीडीलगायतका विभिन्न सुरक्षात्मक संयन्त्र समेत छन् ।

Our latest comments