सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले ‘एस–प्रेसो’ एसयुभी सार्वजनिक गरेको छ। ‘बोल्ड अनि पावरफूल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’ अरूभन्दा भिन्न देखिन्छ । न्यू मोडल सार्वजनिक गर्दै कम्पनीले एस–प्रेसो नेपालमा ल्याइएको एसयुभी मोडमा अहिले सम्मकै उत्कृष्ट कार रहेको बताएको छ । एक हजार सीसी इन्जिन क्षमतामा बोल्ड अनि पावरफुल एसयुभीमा आएको एस–प्रेसो ‘माई फस्र्ट एसयुभी’ कार रुपमा सार्वजनिक गरेको छ ।
हार्टटेक्ट प्लेटफर्मको पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ । विभिन्न ४ भेरियन्टमा नेपालमा सार्वजनिक हुन लागेको एस–प्रेसोको एलएक्सआई (स्टायडर्ड) मोडलको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने पावर बिन्डो सहितको एलएक्सआई मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नयाँ सुजुकी ‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयूभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयूभीको स्वरूप दिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’को अनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’ दिएको छ । साथै, ‘ ज्ञडण्mm हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरूपलाई आर१४ टायरजडित वर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइदिएको छ ।
सुजुकी ‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’ दिएको छ । यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ जुन ‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेषगरी युवा ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’ दिलाउनुका साथै नयाँ प्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ ।
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ६७ बीएच पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र १४ इन्चको अलोय ह्वील दिइएको छ ।
एस प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ । कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।
PREVIOUS NEWS