Home / Blogs / ग्राण्ड भिटारा ९ र ब्रेजा ६ भेरियन्टमा नेपाली बजारमा उपलब्ध; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

ग्राण्ड भिटारा ९ र ब्रेजा ६ भेरियन्टमा नेपाली बजारमा उपलब्ध; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा सुजुकीका दुई नयाँ एसयूभी ग्रान्ड भिटारानयाँ ब्रेजा सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले ब्रेजाको नयाँ भर्सन र नयाँ मोडल ग्राण्ड भिटाराको नेपाली बजारमा विक्री सुरु भएको पनि जनाएको छ । सिजी मोटोकर्पले ब्रेजाको ६ भेरियन्ट र ग्राण्ड भिटाराको ९ भेरियन्ट नेपालमा सार्वजनिक गरेको हो । नयाँ ग्रान्ड भिटारा स्मार्ट र इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड टेक्नोलोजीमा उपलब्ध रहेको छ भने ब्रेजा स्मार्ट हाइब्रिड इन्जिनमा मात्र उपलब्ध छ । यि दूबै नयाँ एसयूभीमा निकै उत्कृष्ट पावर फुल इन्जिन र आधुनिक स्टाइलिस डिजाइन पाउन सकिने कम्पनीले जनाएको छ ।


ग्रान्ड भिटारामा १.५ लिटरको इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन दिइएको छ जुन विद्युतीय मोटर र पेट्रोल इन्जिनबाट चल्नेछ । यसमा इनर्जी रिजेनेरेशन प्रविधियुक्त पावरफुल इलेक्ट्रिक हाइव्रिड इन्जिन जडान गरिएका कारण यसले निकै उत्कृष्ट माइलेज अर्थात २७.९७ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यसैगरी स्मार्ट हाइब्रिड प्रविधियुक्त ग्रान्ड भिटारामा नेक्स्ट–जेन के सिरिजको १.५ लिटर डुअल जेट इन्जिन दिइएको छ । आइडल स्टार्ट स्टप फिचर उपलब्ध रहेको सो गाडीले २१.११ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । 


ग्रान्ड भिटारामा टिएफटी हेड अप डिस्प्ले, ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर, प्यानारोमिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, चारवटै चक्कामा डिस्क व्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसैगरी सो एसयूभीमा ईभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ ।


 नयाँ ब्रेजामा पनि नेक्स्ट–जेन के सिरिजको १.५ लिटर डुअल जेट इन्जिन दिइएको छ । नयाँ ब्रेजाले २०.१५ किलोमिटर माइलेज दिने दावी गरिएको छ । नयाँ ब्रेजाले २०.१५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसैगरी सो कारमा टिएफटी हेड अप डिस्प्ले, ९ इन्चको स्मार्टप्ले इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जर, ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल  हिलहोल्ड असिस्ट, ३६० डिग्री क्यामेरा, रिभर्स पार्किङ सेन्सर, हाई स्पिड अलर्ट सिस्टम, र आइएसओफिक्स चाइल्ड सिट जस्ता अत्याधुनिक फिचर पाउन सकिन्छ ।


ग्रान्ड भिटारा स्मार्ट हाइब्रिडमा ५ भेरिएन्ट तथा स्ट्रङ हाइब्रिडमा ४ भेरिएन्टमा उपलब्ध रहेको छ । नेपाली बजारमा स्मार्ट हाइब्रिड जेटाको मूल्य ६३ लाख ९९ हजार, अल्फा टु ह्विल ड्राइभ मोेनो टोनको ७१ लाख ९९ हजार, अल्फा टु ह्विल ड्राइभ डुअल टोनको ७२ लाख २९ हजार, अल्फा फोर ह्विल ड्राइभ मोनो टोनको ७५ लाख ९९ हजार र अल्फा फोर ह्विल ड्राइभ डुअल टोनको ७९ लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी स्ट्रङ हाइव्रिड जेटा प्लस मोनोटोनको नेपाली मुल्य ८३ लाख ९९ हजार, जेटा प्लस डुअल टोनको ८४ लाख २९ हजार, अल्फा प्लस मोनो टोनको ८७ लाख ९९ हजार र अल्फा प्लस डुअलटोनको ८८ लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


यसैगरी नयाँ ब्रेजा ६ भेरिएन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । यसको वेस भेरिएन्ट एलएक्सआइको मूल्य ४४ लाख ९९ हजार, भीएक्सआईको ४८ लाख ९९ हजार, भीएक्सआई मोनो टोनको ५० लाख ९९ हजार, जेडएक्सआई डुअल टोनको ५१ लाख २९ हजार, जेडएक्सआई प्लस मोनो टोनको ५५ लाख २९ हजार रुपैयाँ र टप भेरिएन्ट जेडएक्सआई प्लस डुअल टोनको ५६ लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ । 


यस्तो छ ग्राण्ड भिटाराको सबै भेरियन्टको नेपाली बजार मूल्य:




यस्तो छ ब्रेजाको सबै भेरियन्टको नेपाली बजार मूल्य :




नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।









Our latest comments