मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने इन्ट्री लेभलको ह्याचब्याक कार अल्टोको उत्पादन बन्द गरेको छ । मारुती सुजुकीले छिटै नयाँ स्वरुपको अल्टो भित्र्याउन लागेको छ। नयाँ अल्टोको टेस्टिङ समेत सुरु भइसकेको छ । नयाँ रिपोर्ट अनुसार मारुती सुजुकीले अल्टो ८०० को उत्पादन बन्द गरेको छ भने अब १.० लिटर इन्जिनयुक्त अल्टोको उत्पादन जारी राख्ने छ ।
पुरानो अल्टोको तुलनामा नयाँ अल्टो ठुलो, स्पेसियस र शक्तिशाली हुनेछ। यसले तुलनात्मक रुपमा पुरानो अल्टोले भन्दा धेरै अर्थात ३२ किलोमिटरको माइलेज दिने बताइएको छ। न्यू जनरेशन अल्टोमा ६५८ सिसिको इन्जिन छ, जसले ५३ बिएचपी पावर जेनेरेट गर्छ त्यस्तै यसको टर्वो इन्जिनले ६२ बिएचपी पावर जेनेरेट गर्छ। नयाँ अल्टोमा ५ स्पिड म्यानुअल र अप्सनलमा अटोमेटिक रहेको छ।
२०१९ अल्टो-८०० को इन्टेरियरमा ठूलो परिमार्जन गरिएको छ । नयाँ अल्टोमा डूअल–टोन कलर ड्यासबोर्ड राखिएको छ । स्टेरिङ ह्वील भने के-१० को जस्तै रहेको छ । नयाँ अल्टो एयरब्यागसहित आएको छ, जुन नयाँ मापदन्डकै रुपमा रहेको छ । ड्यासबोर्डको बीच भागमा इनफोटेनमेन्ट सिस्टम राखिएको छ जसले एफएम, ब्लूटुथ, युएसबी र अक्स–इन सपोर्ट गर्छ ।
समग्रमा आकारका हिसाबले दुवै कारले भिन्न पहिचान बोकेका छन् । २०१९ भर्सनको अल्टो-८०० मा पुरानोको तुलनामा केही भिन्नता पक्कै छ । नयाँ अल्टोको ग्रिल केही ठूलो र दुवै हेडल्याम्प कनेक्ट भएकाले पुरानो भन्दा भिन्न छ । नयाँ अल्टोको बम्पर पनि केही फ्रेस देखिएको छ । कारको साइड र रेयर डिजाइनमा खासै ठूलो परिमार्जन गरिएको छैन । सुरक्षाको लागि यसमा यसमा एबिएस, ड्युअल एयरब्याग लगायतका फिचर्सहरु समावेस छन्। यसमा एसी, पावर विण्डो, पावर स्टेरिङ, फेब्रिक सिटलगायतका फिचर्सहरु समावेस छन्।
मारुती सुजुकीले २०१९ अल्टो-८०० को इन्जिनमा भने कुनै परिमार्जन गरेको छैन । नयाँ अल्टोले पनि पुरानोले जति नै पावर र टर्क जेनेरेट गर्छ । अल्टो-८०० मा ७९६ सीसी तीन सिलिन्डर पेट्रोल इन्जिन, ६ हजार आरपीएममा ४८ बीएचपी र ३ हजार ९ सय आरपीएममा ६९ एनएम टर्क दिन्छ । अल्टो-८०० मा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । अल्टो के-१० भने अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध रहेको छ । २०१९ अल्टो-८०० मा यही इन्जिन अप्सन उपलब्ध रहेको कम्पनीको भनाई छ ।
PREVIOUS NEWS
NEXT NEWS