अटो एक्सपोमा आउने भयो महिन्द्रा एक्सयूभी ५०० इलेक्ट्रिक गाडी

केही दिन पछि भारतमा प्रारम्भ हुने दिल्ली अटो एक्सपोमा महिन्द्राले ४ इलेक्ट्रिक गाडी प्रदर्शन गर्ने बताएको छ ।कम्पनीले जारी गरेको एक टिजरमा यी चारै इलेक्ट्रिक गाडीको झलक देखाइएको छ । ती मध्ये सबैभन्दा आकर्षक महिन्द्राको लोकप्रिय एसयूभी एक्सयूभी ५०० को इलेक्ट्रिक भर्सन छ ।

इलेक्ट्रिक एसयूभी कन्सेप्ट नेक्स्ट जेनेरेसन एक्सयूभी ५०० मा आधारित जस्तो देखिन्छ । नयाँ एक्सयूभी ५०० पेट्रोल डिजेल मोडलमा यही वर्ष लन्च हुँदैछ । अटो शोमा इलेक्ट्रिक एक्सयूभी ५०० को प्रोटोटाइप सार्वजनिक गरिने अनुमान छ । त्यसैगरी महिन्द्राले एक्सयूभी ३०० को इलेक्ट्रिक भर्सन र ईकेयूभी १०० र इलेक्ट्रिक क्वाड्रिसाइकल समेत सार्वजनिक गर्ने बताइएको छ ।

कम्पनीले ल्याउने एक्सयूभी ३०० र ५०० मा लामो रेञ्ज प्रदान गर्ने व्याट्री प्याक दिने छ भने केयूभी १०० मा १५० किलोमिटर रेञ्ज दिने व्याट्री प्रयोग हुनेछ । यी मोडलमा कम्पनीले ४० किलोवाट आवरको व्याट्री दिने अनुमान गरिएको छ । यी गाडीको बिक्री भने २०२१ मा मात्र सुरु हुनेछ । कम्पनीले अटो एक्स्पो २०२० सँग सम्बन्धित रहेर आज एक तस्विर सार्वजनिक गरेको छ । उक्त तस्विरमा कम्पनीले ४ वटा इलेक्ट्रीक कार देखाएको छ ।

साथै कम्पनीले ल्याउने सस्तो मूल्यको केयूभी १०० को भने प्रडक्सन मोडल नै सार्वजनिक हुने र अटो एक्स्पोपछि बिक्री वितरण सुरु हुने जनाइएको छ । महिन्द्रा भारतमा सबैभन्दा पहिला इलेक्ट्रीक गाडी बनाउने कम्पनी समेत हो । महिन्द्रा भारतमा सबैभन्दा पहिला इलेक्ट्रीक गाडी बनाउने कम्पनी समेत हो ।


Share Page

0 Comments

Write a comment

menu
menu