महिन्द्राको बहुप्रतिक्षित मोडल तथा नयाँ एसयूभी ‘एक्सयूभी-७००’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले नयाँ एसयूभी ‘एक्सयूभी-७००’ नेपाली बजारमा अब छिट्टै सार्वजनिक गर्ने जनाएको छ । अग्नी इनकर्पोरेटले यसको आधिकारीक विक्री सुरु हुने मिति र मूल्यको विषयमा भने जानकारी सार्वजनिक गरेको छैन । नयाँ एक्स्यूभी ७०० मा धेरै हाइटेक फिचर पाउनुका साथै यसमा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर रहेको छ । यो फिचर बोस्च इन्डियाले निर्मित गरेको हो जसलाई प्रयोग गर्न निकै सजिलो रहेको छ ।
महिन्द्राले एक्सयूभी-७०० मा निकै पावर फुल इन्जिन दिइएको छ । यसमा २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन पाउन सकिन्छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क प्रदान गर्छ भने डिजेल इन्जिनले १८५ पीएस पावर र ४५० एनएम टर्क प्रदान गर्छ । सो एसयूभीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको कम्पनिले जनाएको छ । सो एसयूभीको टप स्पेक भेरिएन्टमा अल ह्वील ड्राइभ प्रणाली पनि रहेको छ । यो इन्जिन महिन्दा थारबाट लिइएको अनुमान गरिएको छ ।
महिन्द्रा ‘एक्सयूभी-७००’ को लम्बाई ४६९५ एमएम, चौडाई १८९० एमएम, उचाई १७५५ एमएम, २७५० एमएम ह्वीलवेस र २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ५०० लिटर क्षमताको बुट स्पेश र ६० लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १९६०-२०४० केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १६२.४१ किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ । सो कार ५ र ७ सिट क्षमतामा उपलब्ध हुनेछ । यसमा १८ इन्चको अलोय ह्वील रहेको छ ।
महिन्द्रा ‘एक्सयूभी-७००’ मा प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेशन प्रणाली, रिमोर्ट स्टार्ट/स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यसको टप भेरियन्टमा भने १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । यसैगरी यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, अटोनोमस पार्किङ असिस्ट र स्पीड अलर्ट जस्ता अन्य फिचर पाउन सकिन्छ । यसमा रहेको बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि पनि प्रयोग गरिएको छ ।यसमा ६ वटासम्म स्पीकर र पानारोमिक सनरुफ पनि पाउन सकिन्छ ।
महिन्द्राको नयाँ एसयूभी ‘एक्सयूभी-७००’ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ भने यसको नेपाली मुल्यको जानकारी पनि छिट्टै सार्वजनिक हुनेछ । यसले नेपाली बजारमा एसयूभी टाटा सफारी र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ । हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा एक्सयूभी ७०० नेपाली बजारमा महिन्द्राको ठूलो एसयूभी हुनेछ । यसले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको थियो । सो एसयूभीले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।