Home / Blogs / महिन्द्राको स्कोर्पियो गाडी नयाँ विशेषतामा ।
  • Auto News and Updates
  • 0

महिन्द्राको स्कोर्पियो गाडी नयाँ विशेषतामा ।

Nepal Auto Trader

Share this News

image

महिन्द्रा ग्रुपले स्कोर्पियो गाडीलाई थप सुविधा एवं विशेषताले सुसज्जित गरी नेपाली बजारमा ल्याएको छ।

उच्च टर्क पावर, नयाँ स्पीड ट्रान्समिसन, उच्चकार्य क्षमता, आकर्षक स्टाइलिङ्ग लगायतका सुविधा थपिएको कम्पनीले जनाएको छ।

नयाँ सुविधाहरु भएको स्कोर्पियो गाडी चार विभिन्न मोडेलहरु S4, S5 (4WD), S7, S11 (4WD) मा उपलव्ध छन्।

सो अवसरमा महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन (साउथ एशिया)का भाइस पे्रसिडेन्ट सन्जय जादवले स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाइएको जानकारी दिए।

 थपिएको नयाँपनले लक्जरीयस कम्फोर्टका साथ सम्पूर्ण रोड तथा अफ रोडहरुमा पहिचान स्थापित हुने कम्पनीको दावी छ।

mHawk इन्जिनले १२० बिएचपी तथा २८० एनएम टर्क पावर प्रदान गर्दछ। यसमा प्रयोग भएको अत्याधुनिक ब्रेकिङ्ग सिस्टमले उच्च गतिमा ब्रेक लगाउँदा पनि असजिलो अनुभव नहुने कम्पनीको दावी छ।

टच लेन इन्डिकेटर, अटो विन्डो रोल अपजस्ता सुविधा यसमा छन्। प्रोजेक्टर हेडल्याम्प, जिपिएससहित ६ इन्चको टच स्कृन, अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, ड्युल फ्रन्ट एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टमको सुविधा गाडीमा छ।

आफ्नो आवश्यकताअनुसार ७, ८ तथा ९ सिट क्षमतायुक्त गाडी खरिद गर्ने विकल्प यसमा छ।

Our latest comments