Home / Blogs / महिन्द्रा इटुओले विद्युतीय सवारीलाई नयाँ विकल्पको रुप दिदै
  • Auto News and Updates
  • 0

महिन्द्रा इटुओले विद्युतीय सवारीलाई नयाँ विकल्पको रुप दिदै

Nepal Auto Trader

Share this News

image

विश्वका धेरै देशले विद्युतीय सवारीलाई नयाँ विकल्पको रुपमा लिन थालिरहेका बेला नेपालमा पनि धेरैले चासो देखाएका छन्। नेपालमा इटुओ २०१२ मै भित्रिएको हो। त्योभन्दा पहिले रेभा र अन्य केही चाइनिज विद्युतीय गाडी नेपाली सडकमा प्रवेश भइसकेका थिए।

३० किलोवाट क्षमताको मोटर भएको यो गाडीले ९१ एनएम टर्क उत्सर्जन गर्छ। यो कारमा २१० एम्पेयरको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ, जुन ९ घण्टामा फुल चार्ज हुन्छ।

त्यस्तै ईटुओ प्लस ‘पिएट’ फुल चार्ज गर्दा १४० किलोमिटर सम्म चल्ने कम्पनीको दावी छ। यसको अधिक रफ्तार ८५ किलोमिटर प्रतिघण्टा रहेको अग्निले जनाएको छ।

यसमा भएको १३५ लिटरको बुट स्पेसले ग्राहकलाई थप सहजता प्रदान गरेको छ। १७० एमएम ग्राउण्ड क्लियरेन्सले यसलाई नेपालको बाटो सुहाउँदो बनाएको कम्पनीले जनाएको छ।

यसमा फ्रन्ट ब्रेक डिस्क, रेयर ब्रेक ड्रम र पार्किङ ब्रेक म्यानुअल छ। यसको कुल लम्बाइ ३५९० मिमि, चौडाइ १५७५ मिमि र उचाइ १५८५ मिमि रहेको छ।

निलो रातो, सिल्भर र सेतो रङमा उपलब्ध कार ४ सिट क्षमताको हो। यसको ‘लेग स्पेस’ ठूलो भएकोले यात्रु तथा चालकलाई आरामदायी यात्राको अनुभुति गराउने कम्पनीको दावी छ। यसमा फास्ट चार्जर अप्सन पनि छ।

यसमा भएको सिट बेल्ट रिमाइन्डर, चाइल्ड सिट, रेयर डोर चाइल्ड लक, रिजर्भ पार्किङ क्यामरा, हिल हेल्ड असिस्ट लगायतका फिचर्सले यात्रालाई अझ सहज बनाएको छ।

सिट बेल्ट रिमाइन्डर, ब्लु टुथ, स्पिकर, स्मार्ट फोन कनेक्टिभिटी, प्रोजेक्टर हेड ल्याम्प, कृष्टल लिड टेल ल्याम्प, पावर विन्डो, रिमोट लक, की लेस इन्ट्री, इलेक्ट्रोनिक एड्जस्टेवल मिरर, अलोए ह्विल, अण्डर हुड ल्याम्प लगायतका फिर्चस इटुओ प्लस ‘पिएट’ मा छन्।

यस्ता विद्युतीय सवारी साधनको प्रयोगले नेपाल इन्धनमा परनिर्भर बन्नु नपर्ने तथा सारा देशकै आर्थिक भार कम हुने कम्पनीको विश्वास छ।

Our latest comments