Home / Blogs / केटीएम मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक; यस्तो छ नयाँ मूल्यसूची
  • Price List
  • 0

केटीएम मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक; यस्तो छ नयाँ मूल्यसूची

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा युवा वर्गको सबैभन्दा बढी रोजाइमा पर्ने मोटरसाइकल मध्य एक हो केटीएम । केटीएमले आफ्ना सम्पूर्ण मोडल बीएस ६ मा आधारित रहेर नेपाली बजारमा विक्री तथा बितरण गर्दै आएको छ । नेपालका लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले सन् २०२१ को सुरुवातदेखि नै सबै केटीएमका मोडलहरु बीएस ६ भर्सनमा विक्री गर्दै आएको छ । केटीएमले २०० सीसीदेखि ७९० सीसीसम्मका मोटरसाइकल नेपाली बजारमा विक्री गर्दै आएको छ ।


कम्पनीले विभिन्न ८ मोडलका मोटरसाइकल ड्यूक १२५, ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, ड्युक ७९०, केटीएम आरसी २००, आरसी ३९० र एड्भेन्चर २५० बीएस ६ इन्जिनमा नेपाली बजारमा बिक्री तथा वितरण गर्दै आएको छ । हाल उपलब्ध सबै बिएस ६ मोडलमा स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्प अपग्रेड गरिएको छ । सबै मोडलका मोटरसाइकल बीएस ६ इन्जिनमा आएसँगै केही मूल्य समेत वृद्धि गरिएको छ भने कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दा केही मोडलको मूल्य कटाैती समेत गरेकाे छ । यस्तो छ सबै केटीएम मोटरसाइकलको नयाँ मूल्यसूची ।  


केटीएम मोटरसाइकलको नयाँ मूल्यसूची:


मोडल
इन्जिन क्षमता
 नयाँ मूल्य
केटीएम २०० ड्युक
१९९.५ सिसी 
रु. ५,४४,९०० 
केटीएम २५० ड्युक
२४८.८ सिसी
रु. ७,०४,९००
केटीएम ३९० ड्युक
३७३.२ सिसी
रु. ९,९९,००० 
केटिएम २५० एड्भेन्चर
२४८.८ सिसी
रु. ८,१९,९००
केटीएम ३९० एड्भेन्चर
३७३.२ सिसी
रु. १०,८९,९००
केटीएम आरसी २००
१९९.५ सिसी
रु. ६,५९,९००
केटीएम आरसी ३९०
३७३.२ सिसी
रु. ९,४४,९०० 
केटीएम ७९० ड्युक
७९९ सिसी
रु. २३,९९,०००


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments