Home / Blogs / किया ‘सेल्टोस’ डिसेम्बरको पहिलो साता नेपालमा सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

किया ‘सेल्टोस’ डिसेम्बरको पहिलो साता नेपालमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

भारतमा निर्माण भएको कियाको पहिलो गाडी ‘सेल्टोस’ एसयुभी नेपाल आउने भएको छ। हालै सार्वजनिक गरिएको किया सेल्टोस एसयूभी नेपाली बजारमा आगामी डिसेम्बरमा लन्च हुने भएको छ । कम्पनीले यसको सार्वजनिक प्रदर्शन गरे पनि अब यसको लन्च मिति डिसेम्बरमा हुने बताएको छ । कियाले २०१८ अटो एक्सपोमा प्रदर्शन गरेको एसपी कन्सेप्टमा सो एसयूभी आधारित छ ।

कियाले टेक लाइन र जीटी लाइन गरी दुई डिजाइन लाइनमा सेल्टोस एसयूभी उपलब्ध गराउने बताएको छ । टेक लाइनमा प्रिमियम लुक र फिचरका साथै कम्फर्टमा जोड दिइएको छ भने जीटी लाइनमा युवाहरुलाई लक्ष्यित गरी इन्नोभेटिभ फिचर उपलब्ध गराइने छ । डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध यो गाडी को १८ ओटा अप्सनमा उपलब्ध छ। यो डिजेलमा १४९३ सिसी तथा पेट्रोलमा १४९७ र १३१३ सिसीमा उपलब्ध छ।  किया एसपी–२ आई कन्सेप्टमा निर्माण भएको सेल्टोस किया सोलभन्दा केही ठूलो र स्पोर्टेजभन्दा केही सानो रहेको छ । 

किया सेल्टोस १.४ लिटर टर्बो जीडीआई पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यो ७–स्पिड ड्युअल क्लच ट्रान्समिसन, ६–स्पिड टर्क कन्भर्टनर अटोमेटिक, सीभीटी अटोमेटिक र ६–स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यति धेरै ट्रान्समिसन अप्सनका साथ कम्प्याक्ट एसयूभी उपलब्ध भएको यो पहिलो पटक हो । सो एसयूभीलाई नर्मल, इको र स्पोर्ट गरी तीन विभिन्न मोडमा चलाउन सकिन्छ । 

यो गाडीमा टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, पुल टाइप डोर ह्यान्डललगायतका विशेषता रहेका छन् । ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाइ जस्ता सेगमेन्ट फस्ट विशेषताले सेल्टोस चर्चामा रहेको छ । विभिन्न आठ वटा भेरियन्टमा आएको सेल्टोसमा उपलब्ध १.५ लिटर पेट्रोल र डिजेलका साथै १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा पनि उपलब्ध हुने छ । बीएस–६ मापदन्ड अनुरुपको इन्जिन रहेका गाडी अटोमेटिक र म्यानुयल दुबै ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

किया सेल्टोसको इग्निसन, एसी कन्ट्रोल्स र अन्य फिचर चलाउनका लागि मोबाइल फोनको प्रयोग गर्न सकिन्छ । त्यसैले यो एमजी हेक्टर र हुन्डाई भेन्यु जस्तै कनेक्टेड कार बनेको छ । यसरी कनेक्ट गर्नका लागि कियाले यूभीओ कनेक्ट प्रविधिको प्रयोग गरेको बताएको छ । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, एचएसी, भीएसएम छन् भने यो एड्भान्स्ड हाई स्ट्रेन्थ स्टिलले बनेको छ । त्यसैगरी यसमा फ्रन्ट र रियर पार्किङ सेन्सर र ब्लाइन्ड भ्यु मिरर छ ।

यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडजस्ता विशेषता रहेका छन् ।यसको प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ५००, टाटा ह्यारियर, जिप कम्पास र एमजी हेक्टरसँग हुनेछ ।

Our latest comments