नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नयाँ कम्पासको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक गरेको धेरै समय भएको छैन । फ्रेस लुक, नयाँ इन्टेरियर र प्रिमियम फिचर सहित नयाँ कम्पासको फेसलिफ्ट बजारमा उतारिएको हो । जीप कम्पासमा आकर्षक एक्सटेरियर स्टाइल र परिवर्तित इन्टेरियर दिइएको छ । नयाँ जीप कम्पास एसयूभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरिएन्टमा उपलब्ध छ ।
नयाँ कम्पास दुई वटा पावरट्रेनमा उपलब्ध छ जुन रहेको छ १.४ लिटरको मल्टिएअर टर्बो इन्जिन जसले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्दछ । त्यसैगरी आर्को २.० लिटर मल्टिजेट टु इन्जिनमा उपलब्ध छ जसले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्दछ । नेपालमा नयाँ जीप कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध रहेको छ । यस्तो छ जीप कम्पासको नयाँ भेरियन्ट अनुसारको नेपाली मुल्य ।
जीप कम्पासको नयाँ भेरियन्ट अनुसारको नेपाली मुल्य:
| Variant | 1.4P MT | 1.4P DCT | 2.0D MT 4X2 | 2.0D AT 4X4 |
| Sport | NRs. 84.9 Lakhs | - | - | - |
| Longitude (O) | - | NRs. 99.90 Lakhs | NRs. 99.90 Lakhs | - |
| Limited (O) | - | NRs. 111.90 Lakhs | NRs. 109.90 Lakhs | NRs. 127.90 Lakhs |
| Model S | - | - | NRs. 118.90 Lakhs | NRs. 136.90 Lakhs |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।