निकै नै लोकप्रिय मानिएको जावा बाइक नेपाली बजारमा पनि आउने पक्का भएको छ । जावाको बिक्री नेटवर्कका लागि डिलरको माग गरिएको छ । उपलब्ध विवरण अनुसार हाल जावा ४२ र जावा पेराक नेपाली बजारमा उपलब्ध हुने छन् । श्रोतका अनुसार सो बाइकको मूल्य र अन्य विवरण भने पछि थाहा हुनेछ ।
भारतको क्लासिक लिजेन्ड्स प्रालिले जावाका बाइक उपलब्ध गराइरहेको छ । यसमा महिन्द्रा ग्रुपको ६० प्रतिशत सेयर पनि रहेको छ । नेपालमा पनि महिन्द्रा ग्रुप अन्तर्गतका अन्य उत्पादन बिक्री गरिरहेको अग्नि मोटो इन्कले यसको बिक्री–वितरण गर्ने अनुमान गरिएको छ ।
जावा ४२ रेट्रो लुक्समा उत्पादन गरिएको क्लासिक मोडल हो । सो बाइकमा २९३ सीसीको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । सो इन्जिनले २७ एचपीको पावर र २८ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । साथै यसमा ६ स्पिड गियरबक्स जडान गरिएको छ ।
जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।
PREVIOUS NEWS