Home / Blogs / इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक ।
  • Upcoming Bikes
  • 0

इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक ।

Nepal Auto Trader

Share this News

image

इटालियन उत्पादन एसडब्लुएमका मोटरसाइकल नेपाली बजारमा भित्रने भएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुपले यी बाइक भित्र्याउन लागेको हो ।

नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएमका मोटरसाइकल सार्वजनिक गरिएको छ। एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान अर्थमुर्भस प्रालि रहेको छ।

प्रारम्भमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ढुयल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्रिने ज्ञान ग्रुपका डाइरेक्टर दीपेश श्रेष्ठले जानकारी दिए । 

यी बाइकको मूल्य क्रमशः १४ लाख, १८ लाख र १० लाख जति हुने अनुमान गरिएको कम्पनीले जनाएको छ ।

ईन्डुरो, क्लासिक र एड्भेन्चर टुररको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने कम्पनीको भनाइ छ।

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको हो। फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो।

कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटारमा शोरुम र वर्कशप तथा चितवन र पोखरामा शोरुम खोल्दैछ। निकट भविष्यमा बुटवल र धरानमा डिलर मार्फत विक्री वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

डर्ट, क्रुजर तथा एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल विश्व बजारमा लोकप्रिय छन् ।

एसडब्लुएमका सबै मोडलका बाइक तथा यसका इन्जिनहरुको डिजाइन एवं उत्पादन/एसेम्ब्ली लेम्बोर्डिया, इटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो । कम्पनीले बजार विस्तारको लागि हाल बालुवाटारस्थित शोरुम र वर्कशपको अलावा चितवन र पोखरामा शोरुम खोल्दै छ । साथै निकट भविष्यमा बुटवल र धरानमा डिलरमार्फत बिक्रीवितरण गर्ने योजना छ । 

Our latest comments