गत सोमबार नेपाली बजारमा हुन्डाइको नयाँ क्रेटा सार्वजनिक भएको थियो । नेपालको लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘नयाँ क्रेटा’ ४ वटा पेट्रोल र २ वटा डिजेल भेरियन्टमा ल्याएको हो । नयाँ क्रेटाबारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले वर्षौदेखि हुन्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजारभन्दा धेरै बिक्री भइरहेको बताए । नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध छ । नयाँ क्रेटाको सुरुवाती मूल्य ४८ लाख ९६ हजार छ भने अधिकतम ६५ लाख ९६ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । नेपाली ग्राहकको लागी हुन्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ ।
| भेरियन्ट | इन्जिन क्षमता | इन्धन | मूल्य |
| इएक्स | १४९७ | पेट्रोल | ४८ लाख ९६ हजार |
| एस | १४९७ | पेट्रोल | ५२ लाख ९६ हजार |
| एसएक्स | १४९७ | पेट्रोल | ५९ लाख ९६ हजार |
| एसएक्स सिभिटी | १४९७ | पेट्रोल | ६५ लाख ९६ हजार |
| इ | १४९३ | डिजेल | ४३ लाख ९६ हजार |
| एस | १४९३ | डिजेल | ५४ लाख ९६ हजार |