Home / Blogs / हुन्डाईको न्यू २०१९ टक्सन नेपाली बजारमा ।

हुन्डाईको न्यू २०१९ टक्सन नेपाली बजारमा ।

Nepal Auto Trader

Share this News

image

हुन्डाई न्यू टक्सन एक सामान्य आशा को रूप मा बनाइएको  अत्याधुनिक  कार हो। यसको उत्कृष्ट डिजाइन र नामित प्रविधिको माध्यमबाट, टक्सनले सामान्य अपेक्षा पार गर्यो र गाडीको भविष्यको प्रतिनिधित्व गर्न सक्षम भएको छ।

हुन्डाइका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एसयूभी टक्सन २०१९ नेपाली बजारमा भित्राएको छ। जसमा नवीनतम तथा पि्रमियम सङ्गालो छ ।

नयाँ टक्सन आकर्षक विशेषताहरुले सु-सज्जित छ, जसले गर्दा यो गाडीको पावर, सुविधा तथा लक्जरी खोज्ने सम्पूर्ण व्यक्तिहरुको सहि छनौट हुनेछ । नवीनतम ड्राइभिङ प्रविधिहरु सहितको नयाँ  टक्सनमा कडा सुरक्षाको प्रावधानहरु राखिएको छ ।

नयाँ टक्सनको बनौट निकै नै आकर्षक छ, जस अन्तर्गत नयाँ डिजाइनको लेडल्याम्प, र्‍याडियटर गि्रल, पाङग्राको बनोट, पछाडीको बर्‍ती र बम्परको सम्मिश्रण रहेको छ ।

यसमा आन्तरिक स्पेश अत्याधिक हुनुका साथै संसारकै विशिष्ट प्रविधिहरुको प्रयोग गरिएको छ । नयाँ टक्सनमा चालक/सह-चालकको ८ भिन्न तहको सिट समायोजन सुविधा, अगाडिको सिट तताउन मिल्ने विशेषता सहितको सम्पूर्ण छालाको सिट कन्ट्रोल, ताररहित स्मार्टफोन चार्जिङ्ग सुविधा, पछाडीको सिट ढल्काउन मिल्ने तथा ड्राइभ मोडको विकल्प पनि रहेको छ ।

नयाँ टक्सन बाहिरबाट जति आकर्षक देखिन्छ, यसको भित्रीभाग पनि उत्तिकै आकर्षक, सुविधायुक्त तथा आरामदायी रहेको छ । यस गाडीमा चालक तथा पेसेन्जरको सुरक्षालाई मध्यनजर गरी विशेष महत्वको साथ विभिन्न सुरक्षा फिचर समावेस गरिएको छ । दुईहजार सिसी भएको यो कारले २३ देखि ३० किलोमिटर प्रति लिटरमा माइलेजमा दिने कम्पनीले जनाएको छ भने पाँचजना यात्रुले यसमा सवार गर्न सक्नेछन्।




  • tags

Our latest comments