Home / Blogs / आउने भयो २०० सीसी इन्जिनमा ‘हस्कभर्ना स्भर्टपिलेन’
  • Upcoming Bikes
  • 0

आउने भयो २०० सीसी इन्जिनमा ‘हस्कभर्ना स्भर्टपिलेन’

Nepal Auto Trader

Share this News

image

स्कभर्ना स्भर्टपिलेन २०० सीसीको परिक्षण भइरहेका तस्विरहरु सार्वजनिक भएका छन् ।  टेस्टिङको क्रममा देखिएको मोटरसाइकल कम्पनीले चाँडै सार्वजनिक गर्ने अनुमान गरिएको छ । सामाजिक सन्जालमा यस्का केही तस्बिर हरु पनि बाहिरिएका छन । स्कभर्ना स्भर्टपिलेन बजारमा बहुप्रतीक्षित बाईक मध्ये एक हो । स्कभर्ना स्भर्टपिलेन २०० सीसीको अफिसियल डिटेल्स भने  सार्वजनिक भएको छैन ।

यसअघि कम्पनीले भारतमा स्र्भटपिलेन २५० तथा भिटपिलेन २५० उत्पादन र बिक्री वितरण गर्दै आएको छ । नेपालमा भने यस्को बिक्री बितरण अझै सुरु गरिएको छैन ।  कम्पनीले २०० सीसी सेग्मेन्टमा सार्वजनिक गर्ने तयारी गरिरहेको मोटरसाइकलको भारतमा मूल्य १ लाख ६० हजार भारतीय रुपैयाँ रहने अनुमान भारतीय मिडियाले गरेका छन् । नेपालमा यस्को बिक्री बितरण अब छिट्टै हुने अनुमान नि गरिएको जानकारी आएको छ  ।

कम्पनीले २०० सीसी सेग्मेन्टमा समेत २ मोडल नै सार्वजनिक गर्ने अनुमान रहेको छ । स्भर्टपिलेन तथा भिटपेलिने २०० मा रहने १९९.५ सीसी सिगंल सिलिन्डरले २५ पीएस पावर १९.३ एनएम टर्क जेनेरेट गर्छ । यी दुबैमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसका साथै दुबै ह्वीलमा डिस्क ब्रेक र डबल च्यानल एबीएस जडान हुन सक्ने जनाइएको छ ।

कम्पनीले यही बर्षको अन्त्यसम्ममा यो मोटरसाइकल बजारमा उतार्ने अनुमान गरिएको छ । यद्यपि परीक्षणको समयमा लिक भएको फोटोबाट नयाँ मोडलको बारेमा केही जानकारी सार्वजनिक भएको छ । स्भर्टपिलेन २०० सीसीमा स्मार्टफोन कनेक्टिभिटिको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र कलर मल्टी इन्फर्मेसन डिस्प्ले उपलब्ध हुने अनुमान गरिएको छ  ।


Our latest comments