Home / Blogs / १५ मिनेटमै चार्ज हुने होन्डाको विद्युतीय कार ।
  • Upcoming Cars
  • 0

१५ मिनेटमै चार्ज हुने होन्डाको विद्युतीय कार ।

Nepal Auto Trader

Share this News

image

जापानी अटोमोबाइल कम्पनी होन्डाले अब विद्युतीय गाडीलाई प्राथमिकतामा दिने भएको छ।

डिजेल–पेट्रोल इन्जिनका सवारी उत्पादनमा विश्वकै अग्रणीमध्येको एक होन्डाले आफ्ना नयाँ परियोजना विद्युतीयमा केन्द्रित गरेको छ।

यसको प्रमाण हो, होन्डाले बनाउँदै गरेको अत्याधुनिक विद्युतीय सवारी र त्यसमा प्रयोग हुने ब्याट्री। उसले १५ मिनेटमै चार्ज हुने ‘अल्ट्राफास्ट चार्जर’ ब्याट्रीसहितका विद्युतीय कार  बनाइरहेको छ।

सन् २०२० देखि  बजारमा ल्याउने गरी कम्पनीले काम गरिरहेको छ। यस्तो ‘अल्ट्राफास्ट चार्जर’ ब्याट्री भएको विद्युतीय कार एकपटकको पूरा चार्जमा २४० किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि नै हाइड्रोजन फ्यूल कार र दुई मोडलका विद्युतीय कार आगामी वर्ष बजारमा ल्याउने घोषणा गरिसकेको छ।

चाँडो चार्ज हुने ब्याट्री बनाउने होन्डा पहिलो कम्पनी भने होइन। अमेरिकी कम्पनी टेस्लाले २० देखि ४० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज हुने विद्युतीय कार ल्याइसकेको छ।

ब्याट्री चार्ज हुने समय कम गर्न अहिल विश्वका एकसे एक कम्पनीहरूको अनुसन्धान चलिरहेको छ। युरोपमै पनि अटोमोबाइल कम्पनी बिएमडब्लु, फोर्ड र फक्सवागनको साझेदारीमा ‘अल्ट्रा फास्टर’ विद्युतीय कार चार्जर विकास गरिँदैछ। यो ‘अल्ट्रा फास्टर’ ले एउटा कार चार्ज गर्न पाँच मिनेट मात्र लगाउनेछ। यसअघि केही कम्पनीले ‘र्‍यापिड चार्जर’ विकास गरिसकेका छन्, जसले जम्मा ३० मिनेटमै पूरा चार्ज गर्न सक्छ।

अटोमोबाइल कम्पनीहरू विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन्। जापानकै टोयोटा र निसान पनि पहिलेदेखि विद्युतीय सवारी उत्पादन गर्दै आएका छन्। फोर्ड, बिएमडब्लु, सेब्रोले, फियाट, किया, मित्सुबिसी, रेनो, सुजुकी र फक्सवागनजस्ता संसारकै अग्रणी कम्पनी त झन् प्रतिस्पर्धामै उत्रिसकेका छन्।

एसियाली बजारमा पछाडि परेको विद्युतीय कार बजारलाई होन्डाको ‘अल्ट्राफास्ट चार्जर’ले विस्तार गर्ने आशा विश्लेषकहरुले गरेका छन्।

Our latest comments