जापनीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले अब बजारमा ५०० सीसी रेञ्जका तीन मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले मिड रेञ्ज मोटरसाइकलमा सीबी ५०० एफ, सीबी ५०० आर, सीबी ५०० एक्स ल्याउने तयारी गरेको जानकारी दिएको छ । कम्पनीले पछिल्लो समय एकदम बिक्री भइरहेको सीबीआर २५० आर र सीबी ३०० आरको बिक्री बन्द पनि गरेको थियो ।
कम्पनीका अनुसार बजारमा दीवालीको अवसर पारेर सीबी ५०० रेञ्जका तीन मोटरसाइकल सार्वजनिक हुनेछन् । यी मध्य एकको बिक्री दिपावलीमा सुरु हुने र अन्य दुई मोडल केही समय पश्चात बिक्री गर्ने रणनीति होन्डाले बनाएको बताइन्छ । सीबी ५०० आर स्पोर्टस टुरर मोटरसाइकल रहेको छ । यस्तै सीबी ५०० एफ नेकेड स्ट्रीट फाइटर डिजाइनमा रहेको छ भने, सीबी ५०० एक्स एडभेन्चर टुरर डिजाइनमा रहेको छ । सीबी ५०० रेञ्जमा ४७१ सीसी, लिक्वीड कुल्ड, प्यारलल् ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले ४७ पीएस पावर तथा ४५ एनएम टर्क जेनेरेट गर्छ ।
यी सबै मोटरसाइकलको मूल्य ४ लाख ५० हजार भारुदेखि ५ लाख ५० हजार भारुसम्म कायम रहने अनुमान गरिएको छ । यी मोटरसाइकल भारतमा उत्पादन हुने हो भने पहिलेभन्दा कम मूल्यमा नेपालमा पनि पाउन सक्ने अनुमान गर्न सकिन्छ । समान्य रुपमा यो मोटरसाइकलमा एलइडी हेडल्याम्प, डिजिटल इन्स्टुमेन्ट क्लस्टर तथा स्मार्ट कनेक्ट जस्ता फिचर रहने अनुमान गरिएको छ । यसको इन्जिनमा ५०० सीसी एयरकूल्ड सिगंल सिलिन्डर इन्जिन रहने छ । कम्पनीले २०० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल समेत निर्माण गर्ने अनुमान गरिएको छ ।
PREVIOUS NEWS