Home / Blogs / होन्डा हर्नेट २.० आधिकारिक रुपमा सार्वजनिक
  • Latest Bikes
  • 0

होन्डा हर्नेट २.० आधिकारिक रुपमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

जापनी मोटरसाइकल निर्माता कम्पनी होन्डाले हर्नेट २.०  मोटर बाइक सार्वजनिक गरेको छ । नाम अनुसार नै हर्नेट २.० पहिले देखि नै बिक्री भइरहेको होन्डा हर्नेटको सेकेन्ड जेनेरेसन हो । अब पहिले उपलब्ध हर्नेट १६० आर बाइकको उत्पादन बन्द हुने भएको छ ।  होन्डाले २०० सीसी सेग्मेन्टमा पहिलो पटक नेपाली बजारमा पनि बिक्री सुरु गर्ने भएको छ भने जसको भारतीय मूल्य १ लाख २६ हजार हुने कम्पनीले जानएको छ ।

बाइकमा १८४.४० सीसीको फोर स्ट्रोक बीएस ६ कम्प्लायन्ट इन्जिन छ, जसले ८५०० आरपीएममा १७.२७ पीएस पावर र ६००० आरपीएममा १६.१ एनएम टर्क जेनेरेट गर्छ । सो सेगमेन्टमा सबैभन्दा राम्रो मध्यम रेन्जको टर्क प्रदान गर्ने बाइक भएको समेत होन्डाको दावी छ । होन्डाले हर्नेट २.० लाई प्रिमियम बनाउन यूएसडी फर्क, अल डिजिटल ब्लु व्यकलिट इन्स्टुमेन्ट कन्सोल दिएको छ ।

यसमा रहेको डिजिटल कन्सोलमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्ड कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा उपलब्ध रहेको छ । होन्डा एक्स–ब्लेड र नयाँ युनिकर्न १६० मा पनि ठूलो बोर सहितको यही इन्जिन प्लेटफर्म प्रयोग गरिएको छ । 

अब होन्डाको यो बाइकले नेपाली बजारमा पल्सर एनएस २०० र टीभीएस अपाचे आरटीआर २०० ४भी सँग प्रतिस्पर्धा गर्नेछ ।  २०० सीसी सेग्मेन्टको शो मोटरसाइकल छिट्टै नेपाल आउने अनुमान गर्न सकिन्छ । भारतमा यसको मूल्य १ लाख २६ हजार भारतीय रुपैयाँ रहेकाले यसको नेपालमा अनुमानति मूल्य ४ लाख ४० हजार हाराहारी पर्ने अनुमान रहेको छ ।

Our latest comments