Home / Blogs / २०० सीसीमा आउने भयो नयाँ होन्डा हर्नेट
  • Upcoming Bikes
  • 0

२०० सीसीमा आउने भयो नयाँ होन्डा हर्नेट

Nepal Auto Trader

Share this News

image

जापनिज अटोमोबाइल कम्पनी होन्डाले हर्नेटलाई नयाँ मापदण्डको इन्जिन २०० सीसीमा मोटरसाइकल ल्याउने तयारी गरिरहेको बिभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । मोटरसाइकल निर्माणका लागि काम गरिरहेको  कम्पनीले जनाएको छ । होन्डाले मोटरसाइकल सेग्मेन्टमा अन्य कम्पनी भन्दा कमजोर नै भएकाले २०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।

अहिले होन्डासँग ११०, १२५ र १६० सीसी सेग्मेन्टमा मात्रै मोटरसाइकल रहेको छ र २०० सीसी सेग्मेन्टमा माग बजारमा उच्च रहेकाले कम्पनीले उक्त सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन तयारी गरेको हो । कम्पनीले सो बाइकलाई अन्तिम रुप दिएको छ । कम्पनीले सो मोडलमा काम सुरु गरिसकेको अनुमान गरिएको छ । यद्यपि यसको पुरा जानकारी सार्वजनिक भएको छैन । होन्डाले बनाउन लागेको यो मोटरसाइकल बजारमा आएसँगै बजाज पल्सर एनएस २००, टीभीएस आरटीआर २०० फोर भी जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

होन्डाको नयाँ मोटरसाइकल अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको सिबिएफ १९० आरमा आधारित रहने अनुमान गरिएको छ । अहिले सिबिएफमा १८४ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । यसलाई केहि परिमार्जन गरेर योभन्दा बढी पावरमा ल्याउने अनुमान गरिएको छ । बाइकको च्यासिस र डिजाइन सिबिएफ १९० आर सँग मिल्दो जुल्दो हुने छ ।

होन्डाले अहिले यूनिकर्न, सिबी साइन, ड्रिम युगा, एक्सव्लेड, हर्नेट जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ । नयाँ मोडल आएसँगै २०० सीसीसम्मको रेञ्जमा हेन्डाका मोटरसाइकल उपलब्ध रहने छन् ।  होन्डले यसमा दुइपांग्रेमा ब्रेकथ्रु हुनसक्ने विश्वास लिएको छ । नेपाली बजारमा पनि शो मोटर बाइक छिट्टै देखिने अनुमान गरिएको छ ।

Our latest comments