हिरो ब्राण्डले नेपाली बजारमा आफ्ना बिभिन्न मोडलका इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोविलिटीले हिरो इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले काठमाडौंको टेकुमा अवस्थित आफ्नो शोरुमबाट सो इलेक्ट्रीक स्कुटरको बिक्री गर्दै आएको जनाएको छ । हाल इभीई, वकिनावा, प्योर इभी ब्रान्डका इलेक्ट्रीक स्कुटर नेपालमा विक्री वितरण भइरहेको छन् भने अब हिरो इलेक्ट्रीकको उत्पादनहरु पनि बजारमा उपलब्ध छन ।
हाल नेपाली बजारमा कम्पनीले तीन मोडलका इलेक्ट्रीक स्कुटरहरु भित्राएको छ । कम्पनीले फोटोन, एनवाइएक्स र अप्टिमाको गरी तिन मोडलका इलेक्ट्रीक स्कुटरहरु विक्री सुरु गरेको पनि जनाएको छ । फोटोन र एनवाइएक्स मोडल सिंगल ब्याट्रीमा उपलब्ध छन भने अप्टिमा मोडल सिंगल ब्याट्री र डबल ब्याट्री गरी दुबै अप्सनमा उपलब्ध रहेको छ । कम्पनीले नेपाल भित्राएको सो इलेक्ट्रीक स्कुटरहरुको मूल्य २ लाख १० हजारदेखि ३ लाख ४६ हजार रुपैयाँसम्म रहेको जनाएको छ ।
हिरो इलेक्ट्रीक स्कुटरका अन्य मोडल आगामी दिनमा नेपाल आउने कम्पनीले जनाएको छ । यसले वातावरणमा मात्र ध्यान केन्द्रित गर्दैन तर यो नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको कम्पनीले जनाएको छ । यस्तै कम्पनीले आफ्नो सफल स्कुटर प्लेजर प्लसको समेत इलेक्ट्रीक भर्सन ल्याउने अनुमान गरिएको छ । हिरो इलेक्ट्रीक केही समय अगाडि नै नेपालमा विक्री हुँदै आएका थिए भने विविध कारणले गर्दा बिचमा विक्री बन्द भएको थियो । इलेक्ट्रीक ब्रान्डलाई लक्ष्मी समूहले फेरी नेपाली बजारमा उतारेको हो ।
नेपाली बजारमा इलेक्ट्रीक स्कुटरको माग बढेसँगै अहिले भारत र चीनमा उत्पादन भएका इलेक्ट्रीक स्कुटर विक्री तथा वितरण हुँदै आएका छन् । हिरो ब्राण्डले आउने दिनमा १५ मिनेटमा फुलचार्ज हुने अत्याधुनिक टेक्नोलोजिसहितका नयाँ हिरो इलेक्ट्रीक स्कुटर नेपाली बजारमा भित्र्याउने सम्भावना रहेको पनि जनाएको छ । यससँगै हिरो मोटोकर्पले नेपाली बजारमा पनि इलेक्ट्रीक स्कुटर सेग्मेन्टमा आक्रामक बजार बिस्तार गर्ने लक्ष्य लिएको छ । हिरोले नयाँ मोडलको बारेमा धेरै जानकारी भने दिएको छैन ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।