नेपालमा हिरो बाइकको आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङले अब छिट्टै नै नेपाली बजारमा हिरो हङ्क १५० आर एबीएस सहित सार्वजनिक गर्ने भएको छ । नेपाल जेनेरल मार्केटिङले अबको केहि दिन भित्रै यसको आधिकारीक विक्री बितरण सुरु गर्ने तयारी भइरहेको जनाएको छ । सन २०१७ मा विक्री बन्द भएको सो मोटरबाइक अब नेपाली बजारमा हङ्क १५० आर नाम लिएर आउन लागेको हो । नेपाल जेनेरल मार्केटिङले हालै बढेको मोटरबाइकहरुको मूल्य पनि सार्वजनिक गरेको छ ।
हिरो हङ्क १५० आरमा १४८ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८५०० आरपीएममा १४.१४ बीएच पावर र ६५०० आरपीएममा १२.६ एनएम टर्क जेनेरेट गर्दछ । सो बाइकमा ५ स्पिड गियरबक्स समावेश गरिएको छ । त्यसैगरी यसमा डबल डिस्क ब्रेक दिनुका साथै मोटरबाइकमा एबीएस पनि जडान गरिएको कम्पनिले जनाएको छ । बाइकमा अपसाइड डाउन मोनोसक सस्पेन्सन र १६ इन्चको अलोय ह्वीलको पनि प्रयोग गरिएको छ ।
कम्पनीले हिरो हङ्क १५० आरमा विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध गराउने जानकारी दिएको छ । यसमा सेमिडिजिटल कन्सोल तथा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता पनि दिइएको छ । १४५ एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध यो मोटरसाइकलमा १३२५ एमएमको ह्वीलवेस र १२.४० लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ । सो मोटरबाइकको तौल १४६ के.जि रहेको छ ।
हिरो हङ्क १५० आर मोटरसाइकललको नेपाली बजार मूल्य २ लाख ८० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । नेपाली बजारमा हिरो हङ्क १५० आरको प्रतिस्पर्धी बजाज पल्सर १५०, आरटीआर १६० टु भी, होन्डा युनिर्कन जस्ता मोटरसाइकल हुने कम्पनिको दाबी छ । सार्वजनिक लगतै नेपालमा हङ्क १५० आर एबीएस फिचर भएको सबैभन्दा सस्तो मोटरसाइकलको हुने छ । हिरो वाइकको केही सस्ता मोटरसाइकलहरु पनि पहिले देखी नै नेपाली वजारमा बिक्री बितरण हुँदै आएका छन ।
PREVIOUS NEWS