नेपाली बजारमा क्रश फायरको डर्ट वाइक विशेष रुचाइन्छ । हाल, यहाँ क्रश फायर ब्रान्डका विभिन्न वाइकको बिक्री वितरण भैरहेको छ । यसै गरी नेपालका लागि हार्टफोर्ड बाइकको नयाँ आधिकारिक वितरकको रुपमा इग्निसन अटो नियुक्त भए पश्चात दुई मोडलका नयाँ बाइक नेपाली बजारमा आउने भएका छन् । अफरोड राइडिङका साथै एडभेन्चर राइडरहरुले पहिलो रोजाइमा हुने गर्छ डर्ट मोटरसाइकल ।
हार्टफोर्डका भीआर १५० र भीआर २२३ गरी दुई मोडल नेपालमा उपलब्ध हुने इग्निसन अटोले जानकारी दिएको छ । यी बाइकको मूल्य क्रमशः ४ लाख ६५ हजार र ५ लाख ८५ हजार रुपैयाँ हुनेछ । भीआरका यी बाइकमा अपसाइड डाउन फोर्क्स, ड्युअल हाइड्रोलिक डिस्क ब्रेक र आधुनिक डिजाइन हुनेछ । कम्पनीले नेपालमा डर्ट वाइकहरु एक्सजेड ४५० आरआर मोटरार्ड र एक्सजेड४५० आरआर अफरोड , क्रशफायर एक्सजेड २५० आरआर मोटरार्ड, एक्सजेड २५० आरआर बिक्री गरिरहेको छ ।
नेपाली बजारमा पहिले देखि नै भीआर बाइक भन्ना साथ अफरोड बाइकको रुपमा परिचित थिए । अफरोड भर्सनमा निर्माण हुने डर्ट वाइक युवापुस्ताको विशेष रोजाइमा पर्ने गर्छन् । आरामदायी सस्पेन्सन, डर्ट बाइक, उच्च पर्फमेन्स, पावरफुल इन्जिन, आकर्षक लुक्स तथा बडिको डिजाइन कारण चर्चामा आउने गर्छन । जस्तोसुकै सडकमा सहजै गुड्ने भएकाले पनि टाढा र अप्ठ्यारो सडकको यात्राको लागि यस्ता वाइकको छनौट गरिन्छ ।
PREVIOUS NEWS