Home / Blogs / हार्ले डेविडसनले पनि ल्यायो विद्युतीय मोटरसाइकल
  • Upcoming Bikes
  • 0

हार्ले डेविडसनले पनि ल्यायो विद्युतीय मोटरसाइकल

Nepal Auto Trader

Share this News

image

अमेरिकी बाइक निमार्ता कम्पनी हार्ले डेविडसनले इलेक्ट्रिक बाइक ‘लाइभ वायर’ सार्वजनिक गरेको छ।

शुरुमा यो मोडलको मोटरसाइकल अमेरिका , क्यानडा र केही युरोपीयन देशहरुमामात्र उपलब्ध हुनेछ। त्यस्तै २०२०/२०२१ मा अन्य देशहरुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। 

कम्पनीले मोटरसाइकललाई प्रिमियम लुक्स दिनुको साथै हार्ले डेविडसन्को सिग्नेचर क्रुज आवरण दिएको छ। बाइकमा धेरै आधुनिक फिचर्स समावेस गरिएको कम्पनीले बताएको छ।

सिङ्गल चार्जमा २ सय ३५ किलोमिटर गुड्न सक्ने कम्पनीको दावी छ। डिसी फास्ट चार्जरले यो बाइक ६० मिनेटमा चार्ज हुने र ४० मिलेटमा ८० प्रतिशत चार्ज हुने बताइएको छ।

बाइकमा ४.३ इन्चको कलर टिएफटी टचस्क्रिन, ७ राइडिङ मोड्स, डेमेकर एलइडी हेडल्याम्प लगाएतमा फिचर्स समावेस छन्।

कम्पनीले यो बाइकको लागि २ वर्षसम्म निशु:ल्क चार्जिङ गरिदिने घोषण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा बाइकको मूल्य २९ हजार ७ सय ९९ डलर छ। हामीलाई सेतोपाटी संवाददाता  मार्फत जानकारी प्राप्त भएको छ ।

Our latest comments