हानवे ब्रान्डको नयाँ क्रुजर वाइक भी–वब २५० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हानवेको आधिकारिक वितरक मोटर्स एभिन्यूले भी–वब २५० नेपाली बजारमा भित्राएको हो । सो नयाँ क्रुजर बाइकको नेपाली मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ भने यसको बिक्री पनि अब छिट्टै गरिने कम्पनीले जनाएको छ । रेट्रो डिजाइनमा रहेको सो बाइक निकै स्पोर्टी लुक्स र मस्कुलर रहेको छ । भी–वब २५० ब्ल्याक पेन्ट थिममा निर्माण गरिएको कम्पनीले जनाएको छ ।
नयाँ क्रुजर वाइक हानवे भी–वब २५० यूरो ४ मापदन्डमा आधारित रहेको छ । सो नयाँ वाइकमा २४९ सिसी क्षमताका ट्विन सिलिन्डर, फोर स्ट्रोक एसओएचसी एफआई इन्जिन दिइएको छ जुन इन्जिनले १७ बीएचपी पावर र १९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा रहेको छ । सो बाइकलाई अधिकतम १३० किलोमटिर प्रतिघन्टको गतिमा हाँक्न सकिने कम्पनीले दाबी गरेको छ । सुरक्षका लागी यसमा कम्वाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ ।
हानवे भी–वब २५० को लम्बाई २२३० एमएम, चौडाई ९२० एमएम, उचाई १०९० एमएम, ग्राउण्ड क्लियरेन्स १६० एमएम र १५०३० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा २० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १७९ केजी रहेको छ । सो बाइकले २० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । भी–वब २५० को अगाडी युएसडी टेलिस्कोपिक फर्क र पछाडी डुअल सक एक्जर्वर सस्पेन्सन जडान गरिएको छ ।
हानवे भी–वब २५० मा एलइडी डिआरएल सहितको गोलाकार एलइडी हेड ल्याम्प, ह्यान्डल बारसंगै तल्लो भागमा एलइडी साइड इन्डिकेटर ल्याम्प, ठूलो आकारको स्प्रोकेट, भी आकारको इन्जिन र दुई तहको स्प्लिट सिट जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा मस्कुलर फ्युल ट्यांक, डुअल एक्जस्ट सिस्टम र मल्टि–स्पोक अलोई ह्विल्स पनि समाबेश गरिएको छ । त्यस्तै यसमा सुपर वाइड १४० एमएमको रेडियल टायर पाउन सकिन्छ । हानवे भी–वब रातो, खैरो र कालो गरी तीन कलर अप्सनमा उपलब्ध रहेकाे छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।