Home / Blogs / गत वर्ष भन्दा ३ अर्बले घट्यो गाडी आयात
  • Auto News and Updates
  • 0

गत वर्ष भन्दा ३ अर्बले घट्यो गाडी आयात

Nepal Auto Trader

Share this News

image

सवारी साधनको आयातमा गिरावट आएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ३६ करोड ९ लाख ४४ हजारले गिरावट आएको हो।

आर्थिक वर्ष २०७५/७६को पहिलो ६ महिनामा ५० अर्व २१ करोड ६२ लाख ८५ हजारको सवारी साधन आयात भएको थियो। चालू आर्थिक वर्षमा भने ४६ अर्ब ८५ करोड ५३ लाख ४१ हजारको मात्र सवारी साधन आयात भएको छ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा ४१ अर्व ६१ करोड ३० लाख ७६ हजारको मात्र गाडी आयात भएको थियो।

सरकारको नीतिका कारण सवारी साधन आयातमा गिरावट आएको र राजश्वमा समेत गिरावट आएको भन्दै सवारी साधन व्यवसायी असन्तुष्टि जनाउँदै आइरहेका छन्।

SOURCE:




Our latest comments