Home / Blogs / अफरोड बाइक क्रस एक्स २५० एसई नेपाली बजारमा
  • Latest Bikes
  • 0

अफरोड बाइक क्रस एक्स २५० एसई नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

क्रस एक्सको अफरोड बाइक मन पराउनेहरुका लागि नेपाली बजारमा फेरि २५० एसई बाइक भित्रिएको छ । नेपालमा क्रस एक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपाल प्रालिले हालै सो बाइक नेपाली बजारमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो क्रस एक्सको सबैभन्दा लोकप्रिय मोडल हो । 

मुख्य कम्पनी क्यानडाको भए पनि चीनमा निर्मित क्रस एक्सका अफरोड बाइक नेपाली युवाहरुले निकै नै रुचाएका छन् । यही कुरालाई मध्यनजर गरी सो बाइक उपलब्ध गराएको बाइकर्स नेपालका चिफ अपरेटिङ अफिसर निखिल ठकुरी बताउँछन् ।

सो बाइकको मूल्य ५ लाख ९५ हजार रुपैयाँ छ । पहिले देखि नै बुकिङ गरेका ग्राहकहरुका लागि १० हजार रुपैयाँ छुट उपलब्ध गराइएको ठकुरीले बताए । सो बाइकमा भएको लिक्विड कुल्ड इन्जिन अफरोड यात्राका लागि निकै नै उपयुक्त छ । यसको ब्रेकिङ सिष्टम निसिन कम्पनीले बनाएको हो ।

हाल उपलब्ध बाइकको पछाडि पछाडि क्यारियर छ । त्यसैगरी यसमा पोलीस्पोर्ट ह्यालोजन छ । सो हेडलाइट पोर्चुगलमा विकास भएको हो । यसमा जर्मनीको बल्ब राखिएको छ । सो बल्बमा ३५ वाट १२ भोल्टको चिम छ । यसका कारण विपरित दिशाबाट आइरहेका राइडरहरुको आँखा डिस्टर्व हुँदैन ।

Our latest comments