Home / Blogs / चेरी टिग्गो ८ प्रो नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

चेरी टिग्गो ८ प्रो नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा चेरीको टिग्गो ८ प्रो सार्वजनिक भएको छ । नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो नेपाली बजारमा भित्रिएको जनाएको छ । चेरी टिग्गो ८ प्रोमा उत्कृष्ट विशेषता र आधुनिक सुरक्षात्मक संयन्त्र रहेको कम्पनीले जनाएको छ । केही दिन अघी मात्र एक कार्यक्रमबिच टिग्गो ८ प्रोको टेस्ट ड्राइभ आयोजना पनि गरिएको थियो । सो एसयूभी अब नेपाली बजारका लागि नयाँ आकर्षण रहने कम्पनीले दाबी गरेको छ ।   


चेरी टिग्गो ८ प्रोमा १.६ लिटर टर्बोचार्ज्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन अर्थात १.६ टीजीडीआई इन्जिन छ दिइएको छ । यसमा दिइएको इन्जिनले अधिकतम पावर १४५ किलोवाट र टर्क २९० एनएम जेनेरेट गर्दछ । यसमा ७–स्पिड डुअल–क्लच ट्रान्समिसन अर्थात ७ डीसीटी गियरबक्स रहेको छ ।  यसले ८.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ भने इन्धन खपत १.६ टीजीडीआईको लागि प्रति १०० किलोमिटर ६.८ लिटर जति कम गर्छ । 


चेरी टिग्गो ८ प्रोको लम्बाई ४७२२ एमएम, चौडाई १८६० एमएम, उचाई १७४५ एमएम, २७१० एमएम ह्वीलवेस र २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २१० लिटर क्षमताको बुट स्पेश र ५१ लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको वजन भने १४०५ केजी रहेको छ । यसका साथै यसमा टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेकलाइट र सिक्वेन्सियल टर्न सिग्नल सहितको एलईडी टेलल्याम्प पाउन सकिन्छ ।  


चेरी टिग्गो ८ प्रोमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट भ्वाइस कमान्ड, मल्टी फङसनल स्टेयरिङ ह्वील, हाई डेफिनेसन टचस्क्रीनका, वायरलेस चार्जर, १२.३ इन्चको आकर्षक इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टमका साथै ८ इन्चको एलसीडी एयर कन्डिसनर सिस्टम जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी सो एसयूभीमा नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन र इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नल सहितको फुल एलईडी हेडल्याम्प पनि दिइएको छ ।


सुरक्षाका लागि सो कारमा डोर ओपनिङ वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ वा फरवार्ड कोलिजन वार्निङ, रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङ साथै ६ वटा एयरब्याग र अन्य एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले कारलाई निकै नै सुरक्षित बनाएको छ । यसमा भएको ३६० डिग्री बर्ड्स आईभ्यू प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेराले पार्किङ गर्न सहज हुने कम्पनीले जनाएको छ यसमा रहेको एचडी फ्लोटिङ सेन्टर एलसीडी स्क्रीनमा १९२० बाई ७२० सम्मको रिजोल्युसन रहेको छ ।  


चेरी टिग्गो ८ प्रो रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लू, न्यू खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलर अपसनमा उपलब्ध हुनेछ । नेपाली बजारमा टिग्गो ८ प्रोको मूल्य ९९ लाख ५० हजार निर्धारण गरिएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।









Our latest comments