Home / Blogs / सिएफ मोटो २५० एसआर मोटरसाइकल सार्वजनिक
  • Latest Bikes
  • 0

सिएफ मोटो २५० एसआर मोटरसाइकल सार्वजनिक

Nepal Auto Trader

Share this News

image

चिनियाँ मोटरसाइकल निर्माता कम्पनी सीएफ मोटोले २५० सीसी क्षमताको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले स्पोर्टस मोटरसाइकल २५० एसआर सार्वजनिक गरेको हो । यो मोटरसाइकल २०१९ मा टेष्टिङको क्रममा देखिएको थियो । हाल कम्पनीले यो मोटरसाइकलको सुरुवाति मूल्य चिनियाँ यान १८ हजार ५८० तोकेको छ ।

२५० एसआर मोटरसाइकल स्पोर्टी लुक्समा रहेको छ । यसको नाम २५० एसआर (स्पोर्टस रेसिङ) लाई जस्टिफाइ गरेको छ । यसमा ट्वीन एलइडी हेडल्याम्प रहेको छ भने सी सेपमा डीआरएल दिइएको छ । यो मोटरसाइकल चीनमा दुई कलर अप्सनमा सार्वजनिक भएको छ । स्टारलाइट ह्वाइट तथा स्टारलाइट ब्ल्याक कलरमा रहेको छ ।

२५० एसआर क्वाटर लिटर मोटरसाइकलमा २५९.२ सीसी लिक्वीड कुल्ड, डीओएचसी, सिगंल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ९७५० आरपीएममा २८ बीएच पावर र ७५०० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ ।  यो मोटरसाइकल नेपाली बजारमा आउँछ वा आउँदैन भन्ने विषयमा केही जानकारी दिइएको छैन । यदि उक्त मोटरसाइकल नेपाली बजारमा आउने हो भने यसले सुजुकी जिक्सर एसएफ २५० सँग प्रतिस्पर्धा गर्नेछ ।

२५० एसआर मोटरसाइकलको लम्वाई २०१० एमएम, चौडाई ७५० एमएम, उचाई १०८० एमएम र ह्वीलवेस १३६० एमएम रहेको छ । यसको फ्रन्ट तथा रियरमा १७ इन्च ह्वील दिइएको छ । कम्पनीले यसलाई सीबीएस र एबीएस दुबै भेरियन्टमा सार्वजनिक गरेको छ । यसमा कलर टीएफटी इन्स्टुमेन्ट कल्सटर रहेको छ । यो सीएफ मोटो ३०० एनकेमा समेत रहेको छ । यसमा स्र्पोटस तथा इको राइडिङ मोड दिइएको छ ।


Our latest comments