टीभीएस स्कुटी पेप प्लस बीएस ६ भर्सनमा सार्वजनिक

टीभीएसले लोकप्रिय स्कुटी पेप प्लसको बीएस ६ भर्सन सार्वजनिक गरेको छ । बीएस ६ स्कुटी पेप प्लस तीन भेरिएन्ट स्ट्यान्डर्ड, बेबलिशियस र मेट एडिसनमा उपलब्ध रहेको छ । स्ट्यान्डर्ड भेरिएन्टको मूल्य ५१ हजार ७५४ भारु रहेको छ । बेबलिशियस र मेट एडिशनको मूल्य ५२ हजार ९५४ भारु रहेको छ । बीएस ४ भर्सनको तुलनामा स्ट्यान्डर्ड भेरिएन्टको मूल्य ६ हजार ७ सय र अन्य दुई भेरिएन्टको मूल्य ६ हजार ४ सय भारु महँगो भएको छ ।

टीभीएस स्कुटी पेप प्लसको इन्जिन बीएस ६ मा अपग्रेड गर्नु बाहेक अन्य केही परिवर्तन गरिएको छैन । अपडेटेड स्कुटर दुई नयाँ कलर कोरल मेट र एक्वा मेटमा उपलब्ध रहेको छ । बीएस ६ स्कुटी पेप प्लस कुल ७ कलरमा उपलब्ध रहेको छ । जसमा पहिले भन्दा दुई नयाँ कलर छ ।

बीएस ६ स्कुटी पेप प्लसमा ८७.८ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । सो इन्जिनले ६५०० आरपीएममा ५ बीएचपीको पावर र ४००० आरपीएममा ५.८ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा सीभीटी गियरबक्स साथै इकोथ्रस्ट टेक्नोलोजी समावेश रहेको छ । जसले बढी पिकअप र माइलेज दिने कम्पनीले दावी गरेको छ ।

सो स्कुटरमा मोबाइल चार्ज गर्नको लागि १२ भोल्ट सर्किट र साइड स्ट्यान्ड अलार्म जस्ता फिचर पनि रहेको छ । स्कुटरको ह्विलबेस १२३० एमएम रहको छ । यसको दुबै तर्फ ११० एमएम ड्रम ब्रेक समावेश गरेको छ । सो स्कुटर महिलालाई ध्यानमा राखेर बनाएको हुनाले यसको तौल कम रहेको छ । स्कुटी पेप प्लसको तौल ९५ किलोग्राम रहेको छ ।

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu