Home / Blogs / बीएस ६ निसान किक्स एसयूभी ४ भेरिएन्टमा सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

बीएस ६ निसान किक्स एसयूभी ४ भेरिएन्टमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

निसानले चाँडै नै बीएस ६ किक्स सार्वजनिक गर्ने पुष्टि गरेको छ । सो कारको सेगमेन्टमा सबैभन्दा पावरफुल नयाँ १.३ लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ । सो इन्जिन हुन्डाई क्रेटा र किया सेल्टोस भन्दा अधिक पावरफुल हुनेछ । बीएस ६ कम्प्लायन्ट निसान किक्स २ पेट्रोल इन्जिन विकल्पमा आउँनेछ । यसमा १०६ एचपी पावरको साथमा १.५ लिटर पेट्रोल र १५६ एचपी पावरको साथमा नयाँ १.३ लिटर टर्बो पेट्रोल इन्जिन समावेश रहेको छ ।

किक्सको बीएस ६ मोडेलमा कुनै डिजेल इन्जिनको विकल्प छैन । १.३ लिटर इन्जिनको साथ म्यानुअल गियरबक्स उपलब्ध हुनेछ । साथै १.३ लिटर टर्बो पेट्रोलको साथमा ६ स्पिड म्यानुअल र एड्भान्स ८ स्टेप सीभीटी गियरबक्सको विकल्प उपलब्ध हुनेछ । बजारमा सो एसयूभी किया सेल्टोस, एमजी हेक्टर पेट्रोल भेरिएन्ट र हुन्डाई क्रेटाको पेट्रोल मोडलसँग प्रतिस्पर्धा हुनेछ ।

लिक भएको रिपोर्ट अनुसार बीएस ६ कम्प्लायन्ट निसान किकको १.५ लिटर पेट्रोल इन्जिनको माइलेज १४.१ किलोमिटर प्रतिलिटर र १.३ लिटर टर्बाे पेट्रोल इन्जिनको म्यानुअल गियरबक्सको साथमा १६.३ किलोमिटर प्रतिलिटर रहेको छ । सीभीटी गियरबक्सको साथमा टर्बाे पेट्रोल इन्जिनको माइलेज पुष्टि भएको छैन ।

बीएस ६ कम्प्लायन्ट किक्स एसयूभी ४ भेरिएन्टमा उपलब्ध रहेको छ । जसमा एक्सएल, एक्सभी, एक्सभी प्रिमियम र एक्सभी प्रिमियम ओ समावेश रहेको छ । एक्सएल र एक्सभी भेरिएन्टमा १.५ लिटर पेट्रोल इन्जिन हुनेछ भने एक्सभी र एक्सभी प्रिमियम भेरिएन्टमा म्यानुअल र सीभीटी गियरबक्सको साथमा टर्बाे पेट्रोल हुनेछ । टप भेरिएन्ट एक्सभी प्रिमियम ओमा म्यानुअल गियरबक्सको साथमा टर्बाे पेट्रोल इन्जिन उपलब्ध हुनेछ ।


 

Our latest comments