नयाँ बीएस ६ इन्जिनको साथमा हुन्डाई स्यान्ट्रो सार्वजनिक

हुन्डाईले बजारमा बीएस ६ इन्जिनको साथमा हुन्डाई स्यान्ट्रो सार्वजनिक गरेको छ । हुन्डाईले बीएस ४ इन्जिन भएको हुन्डाई स्यान्ट्रो २०१८ मा सार्वजनिक गरेको थियो । नयाँ स्यान्ट्रोमा इन्जिन बाहेक अन्य केही परिवर्तन गरिएको छैन । हुन्डाई स्यान्ट्रो २ इन्जिन अप्सन पेट्रोल र सीएनजीको साथमा उपलब्ध रहेको छ । कम्पनीले हुन्डाई स्यान्ट्रोमा १.१ लिटेर पेट्रोल इन्जिनलाई बीएस ६ प्रविधिको साथमा पेश गरेको छ । सो इन्जिनले ६८ बीएचपीको पावर र ९९ एनएमको टर्क जेनेरेट गर्छ ।

कारको सीएनजीमा ५८ एचपीको पावर र ८४ एनएमको टर्क जेनेरेट गर्छ । पेट्रोल इन्जिनमा ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प पनि रहेको छ । साथै सीएनजी मोडलमा ५ स्पिड म्यानुअल गियरबक्स उपलब्ध रहेको छ ।

हुन्डाई स्यान्ट्रोमा मोडर्न स्पोर्टी डिजाइन रहेको छ । यसमा सिग्नेचर स्टाइल क्यासकेडिङ क्रोम ग्रिल, स्वेप्टब्याक हेडल्याम्प, फ्रन्ट फग ल्याम्प, ओआरभीएममा टर्न इन्डिकेटर, १४ इन्च ह्विल, ड्युअल टोन बम्पर र स्टाइलिस रियर टेललाइट समावेश गरेको छ ।

सेफ्टीको लागि कारमा एबीएस र ड्राइभर एयर ब्याग सबै भेरिएन्टमा स्ट्यान्डर्ड समावेश गरेको छ । कारमा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोयड अटो सपोर्ट रहेको छ । यसमा रियर एसी भेन्ट, रियर पार्किङ सेन्सर, एबीएसको साथमा ईबीडी, सिट बेल्ट रिमाइन्डर र स्पिड अलर्ट जस्ता फिचर रहेको छ ।

Share Page

1 Comments

  1. 2 months ago Rohn,

    Why 0 comment

Write a comment

menu
menu