Home / Blogs / नयाँ सुजुकी सेलेरिको खुल्यो प्रि–बुकिङ; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

नयाँ सुजुकी सेलेरिको खुल्यो प्रि–बुकिङ; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा सुजुकीको नयाँ सेलेरियो सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ सेलेरियोको प्रि–बुकिङ खुल्ला भएको पनि जनाएको छ । निकै आकर्षक लुक्समा तयार भएको नयाँ जेनेरेशन सेलेरियो उच्च माइलेज दिने कार भएको छ । हार्टेक्ट प्लेटफर्ममा आधारित नयाँ सेलेरियो नेपालकै सबैभन्दा बढी माइलेज दिने कार हुने समेत कम्पनीको दाबी छ । माइलेज बढाउन सो कारमा आइडल स्टार्ट–स्टप फिचर पनि दिइएको छ ।  


नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्दछ । यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले जनाएको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सेलेरियोको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम, २४३५ एमएम ह्वीलवेस र १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३१३ लिटर क्षमताको बुट स्पेश र ३२ लिटरको इन्धन ट्याङ्की रहेको छ । 


नयाँ सुजुकी सेलेरियोमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ भने यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा मारुती स्मार्ट प्ले अडियो सिस्टम, आइडल स्टार्ट/स्टप फङसन, पुश स्टार्ट/स्टप बटन, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील समेत समाबेश गरिएको छ । यसको क्यावीन पहिलेको भन्दा प्रिमियम पनि पाउन सकिन्छ ।  यसको अगाडी चक्का डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ ।


सुजुकीको नयाँ सेलेरियोको सुरुवाती भेरिएन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ भने नेपालमा अटोमेटीक भेरियन्ट आउने वा नआउने भन्ने विषयमा हाल्सम्म कुनै जानकारी प्राप्त भएको छैन । सो कार ६ रङ सिल्की सिल्भर, सोलिड फायर रेड, आर्कटिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लूमा उपलब्ध छ ।  सो कारले नेपाली बजारमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments