Home / Blogs / बिएमडब्लू ‘जि-३ १० आर’ , यस्तो छ बिशेषता
  • Latest Bikes
  • 0

बिएमडब्लू ‘जि-३ १० आर’ , यस्तो छ बिशेषता

Nepal Auto Trader

Share this News

image

जर्मनीको अटोमोबाइल कम्पनी बिएमडब्लूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ  ।एड्भेन्चर टुरिङको लागि संसारको चर्चित ब्राण्ड बिएमडब्लुको ‘जि३ १०आर’ मोडलको मोटरसाइकल गत डिसेम्बरमा नेपालमा सार्वजनिक भयो।

यो सगैँ ‘जि ३ १० जिएस’ पनि सार्वजनिक भएको थियो। ३१३ सिसीको सिङ्गल सिलिण्डर भएको ‘जि३ १०आर’ नेपाली युवा माझ लोकप्रिय बनेको छ। केही समय अघिमात्र नेपाली क्रिकेटर सन्दिप लामिछानेको रोजाइमा परेको ‘जि३ १०आर’ ३ ओटा कलर कालो,रातो र सेतो रङ्गमा उपलब्ध छ।

बाइकमा राइडिङ क्षमतासँगै उत्कृष्ट ब्रेकिङ सिस्टम दिइएको कम्पनीको दाबी छ। यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्विल दिइएको छ भने डबल च्यानल एबिएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टोन क्यालिपर जडित डिस्क ब्रेक दिइएको कम्पनीको भनाइ छ।

यो हेर्दा निकै आकर्षक र स्पोर्टी छ। यसलाई कम्पनीले चलाउन सहज हुने गरी डिजाइन गरेको छ।कम्पनीले कालो र रातोको मूल्य ९ लाख ५० हजार निर्धारण गरेको छ भने सेतो रङको मूल्य ९ लाख ७५ हजार रुपैयाँ रहेको छ।

सेतो कलर स्पेसल कलर भएकोले केही महंगो भएको कम्पनीले जनाएको छ। कम्पनीको इभेन्टहरु र शोरुम भिजिट पनि उत्साहजनक भएको कम्पनीको दावी छ। ‘जि ३ १० जिएस’ले ९५०० आरपिएममा ३४ बिपिएच पावर र ७५०० आरपिएममा २८ एनएम टर्क जेनेरेट गर्छ।

यसको फ्युल ट्याङ्क क्यापसिटी ११ लिटर भएकोले लामो दूरीमा धेरै समस्या पर्दैन।टप स्पिड १४३ किलोमिटर प्रतीघण्टा भएको ‘जि ३ १० जिएस’को ग्राउण्ड क्लेयरेन्स १६५ मिलिमिटर रहेको छ। 

उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फर्मेन्सका कारण बिएमडब्लू बाइक संसारभर चर्चित रहेको कम्पनीको भनाइ छ। कम्पनीले इन्ट्री लेबलका जी–३१० का दुई मोडललाई आकर्षक बनाउन कुनै कसर बाँकी नराखेको जनाएको छ। 

यी बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग गरिएको छ। जसलाई ‘पेन्टागनल विन्ड सिल्ड’ले ढाकिएको छ। टेकोमिटर, स्पिडोमिटर, ओडोमिटर, फ्युलगेज, गियर इन्डिकेटर, एबिएस सिग्नलका साथै अन्य थुप्रै रेगुलर फिचर यसमा छन्।

Our latest comments