पछिल्लो समयमा
युवाहरुमा महंगा र हेभी सीसीका बाइक चढ्ने क्रेज मौलाउँदैछ । सरकारले नेपालमा पछिल्लो समयमा
ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक
दस्तुर लगाएको छ ।
सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा
सवारीको इन्जिन क्षमताका आधार तिर्ने गरिन्छ । यसको वृद्धिले पनि मूल्यलाई
प्रत्यक्ष असर गर्छ ।
नयाँ बजेटले ४०१
सीसीभन्दा ठूला क्षमताका बाइकमा झण्डै दुई लाख सडक दस्तुर बढाएको छ ।
माइक्रोबस, बस, ट्रक, टि्रपर, ट्रक, मिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपरको
सडक दस्तुर यथावत मूल्यको सात प्रतिशत कायमै राखिएको छ ।
अब २००० सीसीसम्मका कार र जीपमा मूल्यको ८
प्रतिशत सडक दस्तुर लाग्नेछ । यस्तै २ हजार सीसीभन्दा बढीका जीप र कारमा सडक
दस्तुर १० प्रतिशत पुर्याइएको छ ।
यस्तै मोटरसाइकलको
पनि सडक दस्तुर पनि बढेको छ । तर, १५०
सीसीसम्मको बाइकमा ५ हजार रुपैयाँ दस्तुर बढेर १५ हजार पुगेको छ ।
त्यसैगरी १५१ देखि २५० सीसीसम्मको बाइकको सडक
दस्तुर १८ हजार रुपैयाँ पुगेको छ । यसअघि यो सेगमेन्टका बाइकमा १२ हजार मात्रै कर
थियो ।
अब २५१ देखि ४ सय सीसीसम्मका बाइकमा ५० हजार सडक दस्तुर लिइनेछ । यो सेगमेन्टमा ३५ हजार सडक दस्तुर बढेको छ । त्यसैगरी ४०१ सीसीभन्दा माथिका बाइकमा सडक दस्तुर मात्रै १ लाख ८० हजारसम्म दस्तुर बढेको छ ।
यसले अब ठूला
क्षमताका बाइकको विक्रीमा प्रभाव पार्न सक्छ । सरकारले वाषिर्क रुपमा तिर्नुपर्ने
सवारी कर भने वृद्धि गरेको छैन ।
PREVIOUS NEWS